कुकुर तिहार वा नरक चतुर्दशी यमपञ्चकको दोस्रो दिन अर्थात् कार्तिक कृष्ण चतुर्दशीको दिन हो। यस दिन मृत्युका देवता यमराजलाई प्रसन्न पार्ने कुकुरको पूजा गर्ने गरिन्छ। कुकुरलाई यमराजको दूत मानिन्छ। कुकुर तिहारको दिन कुकुरलाई टीका तथा घाँटीमा फूलको माला लगाइन्छ। यस दिन कुकुरको सम्मान स्वरूप मासु, दूध, अण्डा र कुकुरको खाना लगायत विभिन्न खाद्य पदार्थहरू खान दिइन्छ। यस दिन कसैले कुकुरप्रति […]
Category Archives: Festival
संकष्टी चतुर्थी
प्रत्येक महिना दुईवटा चतुर्थी तिथि पर्दछ । एक शुक्ल पक्षमा जसलाई विनायक चतुर्थी भनिन्छ र अर्काे कृष्ण पक्षमा जसलाई संकष्टी चतुर्थीको नामले समेत चिनिन्छ । सबै चतुर्थीहरुमा माघ महीनाको संकष्टी चतुर्थीको विशेष महत्व रहेको छ । जसलाई लोकभाषामा सकंट चौथी, माघी चर्तुथी, संकटा चौथी आदि नामले चिनिन्छ । संकष्टी चतुर्थीको अभिप्राय संकटको हरण गर्ने चतुर्थी […]
निर्जला एकादशी – तुलसीको बीज रोपण
निर्जला एकादशी हिन्दू धर्ममा मनाइने एक महत्वपूर्ण व्रत हो जुन ज्येष्ठ शुक्ल एकादशी का दिन मनाइन्छ। यस दिन विशेष गरी उपवासी रहेर भगवान विष्णुको पूजा अर्चना गरिन्छ। “निर्जला” शब्दको अर्थ “जलविहीन” अर्थात् पानी नखाने भन्ने हुन्छ, जसले यस व्रतमा भक्तजनहरूले पानी पिउन नपर्ने र सम्पूर्ण दिन उपवासी रहनुपर्ने परम्परा झल्काउँछ। निर्जला एकादशी व्रतको उद्देश्य भगवान विष्णुको आशीर्वाद प्राप्त […]
इन्द्रध्वज उत्थान
हनुमानढोका दरबार परिसरमा विधिपूर्वक इन्द्रजात्राको लिङ्गो, इन्द्रध्वज ठड्याइँदैछ । इन्द्रध्वज उत्थान गरेपछि वर्षा र सहकालका देवता इन्द्रको सम्मानमा इन्द्रजात्रा शुरु हुन्छ । भाद्रशुक्लपक्षको द्वादशीदेखि शुरुहुने इन्द्रजात्रा आश्विनकृष्णपक्षको चतुदर्शीसम्म मनाइन्छ । परम्पराअनुसार काभ्रेको नालास्थित वनमा तान्त्रिक विधिले मन्तरेर छाडिएको बोकाले छोएको रुख ढालेर लिङ्गो बनाई काठमाडौं ल्याइन्छ । काभ्रेदेखि काठमाडौसम्म सडकमा लिङ्गो तानेर हनुमानढोका ल्याइपुर्याइन्छ । […]
किराँत समाज सुधार दिवस
विसं १९८८ वैशाख २४ गते पाँचथरको लोब्रेचौरमा १६ औँ राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द को सक्रियतामा किराँत धर्ममा सुधारका सात बुँदामा ‘सत्यधर्म मुचुल्का’ जारी गरिएको थियो । त्यही सम्झनामा प्रत्येक वर्ष वैशाख २४ गते देशभरका किराँत धर्मावलम्बीले समाज सुधार दिवस मनाउने गरेको विश्व ज्योतिष महासङ्घको उपाध्यक्षसमेत रहनुभएका किराँत धर्मगुरु चन्द्रकुमार शेर्माले जानकारी दिए। मुचुल्कामा किराँत मन्दिरमा रक्तबलि दिएर […]