थारू गुरही गुरिया पर्व

गुरही अर्थात गुरिया पर्व थारु समुदायको सबैभन्दा जेठो पर्व मानिन्छ । श्रावण महिनाको शुक्ल पक्षको पञ्चमी तिथिको यस पर्वलाई महिनाको हिसाबले जेठो पर्व चाहिँ मानिँदैन किनभने थारु समुदायको नयाँ वर्ष माघे सङ्क्रान्ति बाट सुरु हुन्छ र यस हिसाबमा गुरिया पर्व जेठो या पहिलो पर्वका रूपमा पर्दैन । तर मानव जीवनको बिकासक्रमलाई आधार मानेर गुरिया पर्वलाई […]

कामिका एकादशी

श्रावण महिनाको कृष्ण पक्षमा पर्ने एकादशी तिथिलाई कामिका एकादशी भनिन्छ । यस दिनमा नेपाल तथा भारत लगायत विभिन्न मुलुकमा बसोवास गर्ने हिन्दू धर्मावलम्बीहरूले व्रत राख्नुको साथै यसलाई एक पर्वको रुपमा मनाउने गर्दछन् । हरेक एकादशीका आआफ्नै महत्व भएपनि शिवको महिना अनि कृषीकार्यको उत्सर्गमा हुने यस श्रावण कृष्ण पक्षको एकादशी कामिकाको महत्व अलिक पृथक पनि छ […]

कल्कि जयंती

हरेक वर्ष श्रावण महिनाको षष्ठीको दिन कल्कि जयन्ती मनाइन्छ | कल्की भगवान् विष्णुको दशौं अवतार हो । वैदिक सनातन धर्म अनुसार यो भविष्यमा हुने अवतार मानिन्छ । कल्की अवतार कलियुगको अन्तिम अवस्थामा हुन्छ । जब कलियुगमा सबैतिर लुटमार, हिंसा, अत्याचारलगायत बढ्छ त्यसपछि यो अवतार हुने विषय विभिन्न पुराणमा उल्लेख गरिएको पण्डित बालमुकुन्द देवकोटा बताउँछन् । […]

बक्र ईद (उल-अजहा)

इस्लाम धर्मावलम्बीले आफ्नो प्रसिद्ध पर्व बकर–इद आज उत्साहका साथ मनाइरहेका छन् । तीन दिनसम्म मनाइने यस पर्वलाई ‘इद–उल–जुहा’, ‘ईद ऊ जोहा’ अथवा ‘ईल उद अधा’ पनि भन्ने गरिन्छ । इस्लामिक क्यालेन्डर हिजरी सम्वतको १२औँ महिना जिलहिज्जाको १० तारिखबाट यो पर्वको मनाइने गरिन्छ । यसलाई बलिदानीको पर्वका रुपमा लिइन्छ । इस्लाम महिना जुल हिज्जाको दशौँ दिन यो […]

तुलसीपिए

तुलसी लामीएसी (Lamiaceae) परिवारमा चिनिने जडीबुटी हो। यो नेपालमा र दक्षिणपूर्व एशियाभरि व्यापक रूपमा खेती गरिन्छ। तुलसीको आयुर्वेदमा विशेष स्थान छ साथै नेपालका हिन्दूहरूको घरमा पनि। यो हिन्दूहरूले पवित्र मान्ने गर्दछन् र यसको पूजा पनि गर्ने गर्दछन्। नेपालमा तीन मुख्य प्रकारका तुलसीहरू पाइन्छन्। तुलसीले हाम्रो शरीरलाई विभिन्न संक्रमण र कलेजो, छाला, मृगौला आदिको रोगहरूबाट बचाउन […]