खीर खाने दिन

‘असार १५ दही-चिउरा खानू, साउनको १५ खीर’ याे भनाइ नेपाली समाजमा लाेकप्रिय रहेकाे छ । हरेक साल साउन १५ गतेका दिन खिर खाएर रमाइलाे पर्वकै रुपमा मनाउने गरिन्छ । अाज पनि साउन १५, घरघरमा खीर र मिष्ठान्न खाएर यो पर्व मनाइँदै छ । वर्ष दिनभरिमा कहिले जौको सातु र सर्वत, कहिले दही चिउरा, क्वाँटी खाए […]

पञ्चदान

नेपाल संम्वत ५१२ देखि मनाउन थालेको किम्ंवदन्ती रहेको पञ्चदान पर्वमा बौद्धधर्मावलम्वीहरुले पाँच दिपंकरहरुलाई बिहारबाट निकाली नगरका विभिन्न टोलमा दान दिने र ग्रहण गर्ने परम्परा छ । ६ सय वर्ष अगाडिदेखि मनाउने गरिएको यो पर्व अन्यत्रभन्दा भक्तपुरमा फरक ढंगले मनाइने गरिन्छ। यो पर्व गुँला महिना (श्रावण महिना) मा पहिलो पटक श्रावणशुक्ल अष्टमीको दिन पाटनमा मनाईन्छ। दोस्रो […]

नाग पञ्चमी

नागपञ्चमी श्रावण महिनामा शुक्ल पक्षको पञ्चमीका दिन मनाइन्छ। यस दिनमा नागको पूजा गर्ने गरिन्छ। नागपञ्चमी एक श्रद्धा र विश्वासको पर्व हो। यस दिनमा नागको साथै नाग धारण गर्ने भगवान भोलेनाथको पूजा आराधना पनि गरिन्छ। नाग पञ्चमीको विशेषता नागपञ्चमीको दिन नागको चित्रमा दुध, दही, अक्षता, फुल, दुबो राखी गाईको गोबरको सहायताले घरको ढोका माथि अष्टनागको चित्र टाँस्ने गरिन्छ । […]

गथाँमुग च:ह्रे पूजा – गठेमङ्गल

रोपाईं पछिको पहिलो चाड गठेमङ्गल (घण्टाकर्ण चतुदर्शी) नेवार समुदायले दोबाटो र चौबाटोमा नर्कटको लिङ्गाकृत तीनखुट्टे गठेमङ्गल ठड्याई मनाउँछन्। साउन कृष्ण चतुर्दशीका दिन बिहानै गठेमङ्गल बनाई केटाहरूले ‘घण्टाकर्णको जगात ले’ भन्दै बटुवाहरूसँग जगात अर्थात् कर माग्ने परम्परा छ। गठेमङ्गलमा फलामका औंठी लगाउने गरिन्छ। यस चाडमा महिलाहरू हातमा मेहन्दी (लैंचा) लगाउने र स-साना नानीले आफूले खेल्ने पुतलीहरू औठीमा छुवाई घर लाने गर्छन् भने कसैले गठेमङ्गलमा […]

साउने संक्रान्ति

बिक्रम सम्बतको पात्रो अनुसार साउन महिनाको पहिलो दिनलाई साउने संक्रान्ति भनिन्छ । ज्योतिष शास्त्र अनुसार सौरमासका हिसाबले साउने संक्रान्तिदेखि सूर्य कर्कट राशिमा प्रवेश गर्ने हुनाले यस दिनलाई ‘कर्कट संक्रान्ति‘ पनि भनिएको हो । सामान्यतया सूर्यले सबै राशि लाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशि (साउने संक्रान्ति) र मकर राशि (माघे संक्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले मह्त्व पूर्ण मानिन्छ ।साउने संक्रान्तिको दिन असारे वर्षात, हिलोबाट […]