योगिनी एकादशी व्रत

असार महिनाको कृष्ण पक्षको एकादशी तिथीलाई योगिनी एकादशी भनिन्छ । यस दिन नेपाल र भारतलगायत विभिन्न मुलुकहरूमा बसोवास गर्ने हिन्दू धर्मावलम्बीहरूले व्रत राख्नुका साथै पर्वको रूपमा मनाउने गर्दछन् । व्रत कथा एक पटकको कुरा हो धर्मराज युधिष्ठिर भन्न लागे कि भगवान, मैले ज्येष्ठ शुक्ल एकादशीको व्रतको माहात्म्य सुनें । अब कृपया आषाढ कृष्ण एकादशीको कथा सुनाउनुहोस् । यसको नाम के हो ? माहात्म्य के हो? यो पनि बताउनुहोस् । श्रीकृष्ण भन्न लागे कि […]

सूर्य पूजा

सूर्य सनातन धर्म दर्शनका प्रमुख देवताहरू मध्ये एक हुन जस्लाइ स्वर्ग लोक (धर्तीका दोषहरु रहित क्षेत्र) का अग्नी पनि बताइन्छ ।अधिकांश अन्य देवताहरु सुक्ष्म हुँने हुँदा चिन्न र उपासना गर्न सहज नहुँने भएतापनि सुर्य प्रत्यक्ष देवता हुँनाले धेरैले सहजै उपासना गर्न सक्दछन । सुर्यलाइ शिव का तिन नेत्र मध्ये एक मानिन्छ । पृथ्वी देखी असंख्य योजन पर यहाँको गतीबीधी र क्रीयाकलापले केही असर […]

गोरखकाली पूजा

बाबा गोरख र गोरखकाली को नेपाली इतिहासमा असाध्यै धेरै महत्त्व छ । पृथ्वी नारायण शाह र बाबा गोरख बिचको भेट, पृथ्वी नारायण शाहको गोडामा पर्न गएको बान्ता र बाबा गोरखले पृथ्वी नारायण शाहलाई दिएको जहाँ जहाँ टेकिन्छ त्यहाँ त्यहाँ विजय हुनु भन्ने आर्सीवाद नै नेपाल एकीकरणको एउटा असाध्य बलको ऊर्जा र सामर्थ्यको कारण पनि मानिन्छ […]

उपांग ललिता व्रत

पौराणिक शास्त्रहरूका अनुसार ललिता देवी माता सती पार्वतीको एक रूप हुन्। यो पर्व नेपाल भारतका विभिन्न भागमा मनाइन्छ। जनमानसमा यसलाई ‘उपांग ललिता व्रत’ नामको पर्वको रूपमा थाहा पाइन्छ। कालिका पुराणको अनुसार देवी ललिताको दुई भुजाहरू छन्। यो माता गौर वर्णका हुन्छन् र रक्तिमकमलमा विराजित हुन्छन्। दक्षिणमार्गी शाक्तहरूको मतमा देवी ललिता ‘चंडी’ को स्थान प्राप्त गर्छिन्। […]

म्हः पूजा

म्ह पुजा चन्द्रमानक नेपाल सम्वत् अनुसारको नयाँ वर्षको सुरुवात कछलाथ्व पारु (कार्तिक शुक्लपक्ष प्रतिपदा) तिथिका दिन नेवार समुदायले मनाउने पर्व हो । यस पर्वमा हिन्दु तथा बौद्ध दुवै समुदायका नेवारहरूले आफूले आफैलाई पुजा गरी सुस्वास्थ्य तथा दिर्घायुको कामना गर्ने गरिन्छ । यसका लागि परिवारका सबै सदस्यहरू अनिवार्य रूपमा एकै ठाउँमा बसी आफूलाई मण्डलमा प्रतिविम्वित गरी आफैले आफ्नो पुजा […]