आज चेपाङ समुदायले छोनाम (न्वागी) पर्व। सो समुदायको प्रमुख धार्मिक पर्वका रूपमा मनाइने छोनाम अर्थात् न्वागी पर्व हरेक वर्ष भदौ २२ गते पर्दछ। भदौमा नयाँ अन्नबाली, फलफूल पाकेपछि यसको पूजा गर्ने गरिन्छ । आजको दिन घैया धानको चामल, पिँडालु, निबुवा आदिले भूमिलाई पूजा गरी पितृलाई चढाउने गरिन्छ । चेपाङ समुदायमा नयाँ अन्न र फलफूल पितृलाई […]
Category Archives: Festival
सेतो मच्छिन्द्रनाथ जात्रा
सेतो मच्छिन्द्रनाथको रथयात्रा वर्षा र सहकालका देवता मानिने आर्याअवलोकितेश्वरको मुर्तिको रथयात्रा गरी मनाइने जात्रा हो । काठमाडौँ उपत्यकाका बृद्धबृद्धालाई दर्शन गराउन रथलाई नगर परिक्रमा गराउने चलन छ । करुणामय र आर्याअवलोकितेश्वरको नामबाट पनि चिनिने सेतो मच्छिन्द्रनाथलाई जनबहालबाट नगरपरिक्रमा गराई जमलमा बनाइएको रथमा प्रतिस्थापन गराइएपछि नगर परिक्रमा गर्ने प्रचलन छ । अन्तिम दिन लगनटोलस्थित मच्छिन्द्रनाथकी आमालाई तीन पटक परिक्रमा गराएपछि रथयात्रा […]
बिस्केट जात्रा
काठमाडौँ उपत्यकाको प्राचीन सहर भक्तपुरमा मनाइने बिस्का: जात्रा नेपालकै सबैभन्दा लामो र उत्साहजनक सांस्कृतिक उत्सवहरूमध्ये एक हो। ‘बिस्का:’ शब्द नेवारी भाषाको ‘बी’ (सर्प) र ‘क्या’ (मर्नु) बाट बनेको हो, जसको अर्थ “सर्प मारिएको जात्रा” भन्ने हुन्छ। यो जात्रा चैत्र मसान्तको ४ दिन अघिदेखि सुरु भई वैशाख ५ गतेसम्म कुल ९ दिन र ८ रात मनाइन्छ। बिस्का: जात्राका प्रमुख उप-जात्राहरू […]
गुँला धर्म आरम्भ
महिनाभर मनाउने पर्व : गुँलाधर्म नेवार समुदायका बौद्ध धर्मावलम्बीहरूले यो पर्व अति श्रद्धा र भक्तिका साथ मनाउँदै आएका छन् । प्रत्येक वर्षको श्रावण शुक्ल प्रतिपदाबाट यो पर्व प्रारम्भ भई भाद्र कृष्ण औँसीमा समाप्त हुन्छ । एक महिनासम्म स्वयम्भू महाचैत्यलगायत अन्य धार्मिक स्थानमा बाजागाजासहित घुम्ने र पूजापाठ गर्ने चलन रहिआएको छ । यस वर्षको गुँलाधर्मको आरम्भ […]
गोसाइकुण्डमा स्नान समाप्ति
अगिल्लो प्रतिपदा तिथिबाट सुरु भएको ७ दिने गोसाइँकुण्ड स्नान आजको यस दशमी तिथिबाट समापन भएको छ। गोसाइकुण्डमा स्नान, दान र तर्पण गर्नाले पितृहरु उद्धार भई स्वर्ग जाने, जीवनभर गरेको पापबाट मुक्ति पाउने र आफ्नो मनोकाक्षा पूरा हुने धार्मिक मान्यता छ। More on Gosaikunda