गुह्येश्वरी यात्रा काठमाडौँस्थित गुह्येश्वरी मन्दिरसँग सम्बन्धित एक महत्वपूर्ण धार्मिक परम्परा हो। पशुपतिनाथ क्षेत्र नजिक बागमती नदीको किनारमा अवस्थित यो मन्दिर हिन्दु धर्मका प्रमुख शक्तिपीठमध्ये एक मानिन्छ। धार्मिक विश्वासअनुसार यहाँ माता सतीको पवित्र अंग पतन भएको मानिन्छ, त्यसैले यस स्थानलाई शक्तिको पवित्र केन्द्रका रूपमा पूजा गरिन्छ। प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण नवमीका दिन पशुपति क्षेत्रमा गुह्येश्वरी यात्रा (जात्रा) गरिन्छ। यस […]
Category Archives: Tithi
बैकुण्ठ चतुर्दशी व्रत
बैकुण्ठ चतुर्दशी व्रत कार्तिक शुक्ल चतुर्दशीमा मनाइने भगवान विष्णु र शिवको संयुक्त पूजा गरिने महत्त्वपूर्ण व्रत हो। यस दिन मध्यरातमा (निशीथ काल) पूजा गर्नाले बैकुंठ धाम प्राप्त हुने र पाप नष्ट हुने विश्वास गरिन्छ। यस दिन शिवजीले विष्णुजीलाई सृष्टि सञ्चालनको भार सुम्पने र बेलपत्र/तुलसी अर्पण गर्ने विशेष परम्परा रहेको छ।
वराहक्षेत्र
वराहक्षेत्र सुनसरी जिल्लाको मात्र नभएर नेपालकै सर्वाधिक महत्त्वपूर्ण र प्रख्यात तीर्थ हो। कोका र कोशी नदी संगममा पर्ने यो स्थान बराहक्षेत्र नगरपालिका वडा नं.–१ मा अवस्थित छ। ब्रह्मपुराण वराहपुराण र स्कन्दपुराण लगायतका पुराणहरू र महाभारत महाकाव्यमा समेत उल्लेखित गरिएको तथा महिमा गाइएको यो स्थान नेपालको सबैभन्दा पुरानो मध्येको एक देवस्थल हो। बराहक्षेत्रमा वराह अवतार विष्णुको […]
राधाकृष्ण रथ यात्रा
विराटनगरमा प्रत्येक वर्ष श्री कृष्ण जन्माष्टमीको भोलिपल्ट युगल जोडी राधाकृष्ण राखेर निकालिने रथयात्राको अवलोकन गर्न नेपाल भारत लगायतका सयौ भक्तजन विराटनगर आउने गर्दछन । वि.स. १९८८ मा खटयात्राबाट सुरु रथयात्रा ०२४ सालदेखि रथयात्रामा परिणत गरिएको हो । ८ जनाले थालेको खटयात्रा अहिले रथ यात्रामा परिणत हुँदा प्रत्येक वर्ष ५ लाख बढी भक्तजन सहभागी रहेको छ […]
डोलेश्वर उत्सव
डोलेश्वर महादेव भक्तपुर सहरबाट दक्षिण-पूर्वी कुनोमा अवस्थित सिपाडोल गाउँमा रहेको महादेव मन्दिर हो । यसलाई केदारनाथको शिर पनि भनिन्छ । काठमाडौंबाट सूर्यविनायक गणेशमन्दिरतिर लाग्ने मोड भक्तपुरको पहिले ट्रलिबस रोकिने ठाउँसम्म पुगेर त्यहीँबाट सिपाडोल जान बस समाएर सूर्यविनायक गणेशमन्दिरको बायाँतिरबाट पन्ध्र मिनेट जत्तिकै बिमला नाम गरेको खोलावारी सिपाडोल बसपार्क पुगिन्छ। त्यहाँबाट पूर्वतर्फको कच्ची सडक हुँदै पैदल तल […]