दशहरा स्नान

समुद्रमन्थनबाट प्राप्त हलाहल विषको सेवनबाट डाह भई शीतलता प्राप्त गर्न पार्वतीको माइती हिमालय पर्वतमा जान हिँडेका शिवले नीलाद्री पर्वतमा त्रिशूल रोप्दा पानीको तीनधारा बगी नीलखेतमा जम्दा गोसाइँकुण्ड उत्पत्ति भएको र शिव त्यहीँ शयन गरेको बताइन्छ । शिवलाई गोसाइँकुण्डमा शयन गरेको अवस्थामा अहिले पनि देखिने भक्तजन बताउँछन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल प्रतिपदादेखि दशमीसम्म गोसाइँकुण्ड, पाँचपोखरी, […]

च:ह्रे पूजा

वर्षमा १२ वटा चःह्रे (चतुर्दशी) हुन्छन् भने अधिक मास परेको वर्ष १३ वटा। Note: सिथि चःह्रे – सिथि नख को करिब एक हप्ता अगाडी पर्ने गर्छ।

मोहिनी एकादशी

हिन्दू पञ्चाङ्गको एघारौँ तिथिलाई एकादशी भनिन्छ। यो तिथि महिनामा दुई पल्ट पूर्णिमापछि र औंसी पछि पर्छ । पूर्णिमा पछि आउने एकादशीलाई कृष्ण पक्षको एकादशी र अमावस्या पछि आउने एकादशीलाई शुक्ल पक्षको एकादशी भनिन्छ। यी दुवै प्रकारका एकादशीहरूको हिन्दू सनातन सम्प्रदायमा धेरै महत्त्व छ । यस्तै बैशाख महिनाको शुक्लपक्षको एकादशीलाई मोहिनी एकादशी भन्दछन् । यस्तो विश्वास गरिन्छ कि यो तिथी नै सबै पापहरूलाई मेटाउने तथा उत्तम तिथी हो । यस […]

बरूथिनी एकादशी

वैशाख कृष्ण पक्षको एकादशीलाई वरुथिनी एकादशी भनिन्छ । वरुथिनी (बरूधिनी) एकादशीको महिमा स्वयम भगवान श्री कृष्णले यूधीष्ठिरको जिज्ञाषा सुनेपछि बताउनु भएको हो । कुरुक्षेत्रमा सुर्यग्रहणको बेला सुवर्ण दान गर्दा कमाउने पुण्य बराबर वरुथिनी एकादशीको व्रत बस्नाले कमाइन्छ भन्ने धार्मिक मान्यता रहेको छ ।  त्यस्तै वरूथिनी एकादशीको व्रतको प्रभावले सर्वत्र सुख शान्ति हुनुको साथै समस्त पापको […]

कामदा एकादशी

कामदा एकादशी चैत्र शुक्ल पक्षको एक एकादशी हो । काम – आफ्नो इच्छित वस्तुलाई ,दा भनेको दिने बाली लाई कामदा एकादशी भनिएको हो । कामदा एकादशी व्रत कथा पुराणहरूमा कामदा एकादशीका प्रसङ्गमा एउटा कथा प्राप्त हुन्छ । प्राचीनकालमा भोगीपुर नामक एउटा नगर थियो । त्यहाँ अनेक ऐश्वर्यले युक्त पुण्डरीक नामको एउटा राजा राज्य गर्थ्यो । भोगीपुर नगरमा अनेक अप्सरा, किन्नर […]