माझी समुदायको लदी पूजा उनीहरूको महत्वपूर्ण सांस्कृतिक तथा धार्मिक परम्परा हो। नदी किनारमा बसोबास गर्ने माझी समुदायले आफ्नो जीवनयापन नदीसँग गहिरो रूपमा जोडिएको मान्छन्। त्यसैले नदीले सधैँ सुरक्षा, समृद्धि र सुख प्रदान गरिरहोस् भन्ने कामना गर्दै हरेक वर्ष सामूहिक रूपमा लदी पूजा गर्ने चलन रहेको छ। परम्पराअनुसार यो पूजा प्रायः फागुन महिनाको तेस्रो मंगलबार मनाइन्छ। यस अवसरमा माझी समुदायका […]
Category Archives: National
मानव बेचविखन विरुद्धको राष्ट्रिय दिवस
नेपालमा हरेक वर्ष भाद्र २० गते मानव बेचबिखन तथा ओसारपसार विरुद्धको राष्ट्रिय दिवस मनाइन्छ। मन्त्रिपरिषद्को २०६४ साल जेठ ११ गतेको निर्णय अनुसार, वि.सं. २०६३ भाद्र २० गते सार्क महासन्धि अनुमोदन गरिएको दिनको स्मरणमा यो दिवस मनाउन सुरु गरिएको हो। यो दिवस मानव बेचबिखन विरुद्ध सचेतना फैलाउन र ऐक्यबद्धता जनाउन देशभर विविध कार्यक्रम गरी मनाइन्छ ।
माहिला ज्योतिस संघ स्थापना दिवस
राष्ट्रिय महिला ज्योतिष सङ्घको स्थापना दिवस हरेक वर्ष वैशाख २८ गते मनाइन्छ । नेपालका महिला ज्योतिषहरूको हक, अधिकार र सङ्गठनात्मक विकासका लागि स्थापित यस सङ्घले ज्योतिष शास्त्रमा महिलाहरूको सहभागिता र क्षमता अभिवृद्धिलाई प्रोत्साहन गर्ने उद्देश्य राखेको छ। सङ्घको स्थापना वि.सं २०६८ वैशाख २८ भयको हो ।
ललितकला दिवस
नेपालमा हरेक वर्ष वैशाख २ गते लाई ‘ललितकला दिवस’ को रूपमा विशेष उत्साहका साथ मनाइन्छ। यो दिन नेपाली कलाकारहरूको छाता संगठन नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान (NAFA) को स्थापना भएको ऐतिहासिक अवसर पनि हो। ललितकलाको महत्त्व र प्रज्ञा-प्रतिष्ठान: नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान नेपाली कलाकार, कला अनुसन्धानकर्ता र समालोचकहरूको एउटा साझा मञ्च हो। यसले नेपाली परम्परागत कला, समसामयिक चित्रकला, मूर्तिकला, वास्तुकला, लोककला र हस्तकलाको […]
ज्येष्ठ नागरिक दिवस
विसं २०५१ पुस ११ गते सामाजिक सुरक्षा भत्ता सुरु गरिएको दिनलाई स्मरण गर्दै नेपालमा हरेक वर्ष ज्येष्ठ नागरिक दिवस मनाइन्छ। यो दिवसले ज्येष्ठ नागरिकप्रतिको हाम्रो सामूहिक दायित्व, जिम्मेवारी, कर्तव्य, सम्मान र आदरभावलाई पुनः स्मरण गराउँछ। जीवनको लामो यात्रामा उहाँहरूले गरेका त्याग, सेवा र योगदान हाम्रो समाजको अमूल्य सम्पत्ति हो। नेपालको संविधान तथा ज्येष्ठ नागरिकसम्बन्धी ऐन, […]