शव्दले नै स्पष्ट छ, मत्स्य अर्थात माछा अनि विष्णुको माछाको अवतार अर्थात मत्स्य अवतारको पृथ्वीका पर्दापणको जयन्ती मत्स्य जयन्ती हरेक वर्षको चैत्र शुक्ल तृतियाका दिन मनाइन्छ । सत्ययूगमा ठूलो माछाको अवतारमा विण्णुको पहिलो अवतार धर्तीमा देखापरेको हो, यस माछा शत्यन्त वलवान र एउटा सिगं भएको माछा रहेको कुरा विष्णुपुराण र भविष्या पुराणमा समेत उल्लेख गरिएको […]
Author Archives: smartpatro
चेपाङ छोनाम (न्वागी) पर्व
आज चेपाङ समुदायले छोनाम (न्वागी) पर्व। सो समुदायको प्रमुख धार्मिक पर्वका रूपमा मनाइने छोनाम अर्थात् न्वागी पर्व हरेक वर्ष भदौ २२ गते पर्दछ। भदौमा नयाँ अन्नबाली, फलफूल पाकेपछि यसको पूजा गर्ने गरिन्छ । आजको दिन घैया धानको चामल, पिँडालु, निबुवा आदिले भूमिलाई पूजा गरी पितृलाई चढाउने गरिन्छ । चेपाङ समुदायमा नयाँ अन्न र फलफूल पितृलाई […]
निजामती कर्मचारी दिवस
२०१३ साल भदौ २२ गते तत्कालिन प्रधानमन्त्री टंक प्रसाद आचार्यले निजामती ऐन ल्याएको दिन पारि निजामती सेवा दिवस मनाउन थालिएको हो। निजामती सेवा ऐन जारी भएको दिनको अवसर पारेर हरेक वर्ष भदौ २२ गतेलाई निजामती सेवा दिवसको रुपमा मनाउने गरिएको छ । वि.सं. २०६१ सालदेखि औपचारिक कार्यक्रम गरी यो दिवस मनाउन थालीयको हो । निजामती […]
पुत्रदा एकादशी
हिन्दू धर्ममा एकादशीको व्रतले महत्त्वपूर्ण स्थान राख्दछ । प्रत्येक वर्ष चौबीस एकादशिहरू हुन्छन् । अधिकमास अथवा मलमास परेको वर्ष यो संख्या बढेर २६ हुन जान्छ । श्रावण शुक्ल एकादशीको नाम पुत्रदा एकादशी हो । यसको नाम सुन्दा मात्र वाजपेयी यज्ञको फल मिल्छ भन्ने पौराणिक कथा मा उल्लेख गरिएको छ । यसैले नेपाल तथा भारत लगायत सबै ठाउँमा बसोवास गर्ने हिन्दूहरूले पुत्रदा एकादशीलाई पर्वको रूपमा मनाउने गर्दछन् । कथा […]
संक्रान्ति
महिनाको पहिलो दिन हिन्दू धर्म परम्परा अनुसार वर्षमा १२ वटा संक्रान्ति हुन्छ । सूर्यले राशी परिवर्तन गर्ने दीनलाइ संक्रान्ति भनिन्छ ।१ वर्षमा सूर्यले १२ वटा राशीमा भ्रमण गर्दछ, सूर्यले एउटा राशीमा बीताउने समयलाइ हामी महीना भन्दछौं । सूर्यले १२ वटा राशीमा भ्रमण गरीसक्दा १ वर्ष पूरा हुन्छ। त्यस मध्य माघे संक्रान्ति र साउने संक्रान्ति बिशेश मह्त्व राख्दछ्न ।