ज्योतिष शास्त्रमा शनिलाई धेरै शक्तिशाली मानिन्छ। नौ ग्रहमा न्यायकर्ता भनिने शनिको बारेमा जनविश्वास रहेको छ कि कुंडलीमा शुभ फल दिएमा मानिसलाई भुइँबाट अर्शमा लैजान्छ भने वक्र हुनेबित्तिकै मानिसलाई समस्याले घेर्छ । आज शनि जयन्ती हो । शनिको पौराणिक मन्त्र ऊँ ह्रिं नीलांजनसमाभासं रविपुत्रं यमाग्रजम ।छाया मार्तण्डसम्भूतं तं नमामि शनैश्चरम् ।। शनिको वैदिक मन्त्र ऊँ शन्नोदेवीर […]
Author Archives: smartpatro
च:ह्रे पूजा
वर्षमा १२ वटा चःह्रे (चतुर्दशी) हुन्छन् भने अधिक मास परेको वर्ष १३ वटा। Note: सिथि चःह्रे – सिथि नख को करिब एक हप्ता अगाडी पर्ने गर्छ।
निर्दोष बालबालिका माथि अत्याचार बिरुद्धको दिवस
निर्दोष बालबालिका माथि अत्याचार बिरुद्धको दिवस हरेक वर्ष ४ जून, तारिखमा भब्यताका साथ मनाइन्छ । उनीहरुलाई कुपोषण नहोस् भनेर ठूला ठूला पाँचतारे होटलमा गोष्टि र सेमिनार गर्छन्, तर सिरियामा निर्दोष बालबालिका माथि इस्रायल र रुसले अत्यन्तै क्रुरता पूर्वक मारिरहेका छन्। त्यसैगरी बर्मामा पनि निर्दोष रोहिग्या बालबालिका माथि बर्माका रकान समूहले कत्लेआम गरिरहेका छन् । के […]
मोहिनी एकादशी
हिन्दू पञ्चाङ्गको एघारौँ तिथिलाई एकादशी भनिन्छ। यो तिथि महिनामा दुई पल्ट पूर्णिमापछि र औंसी पछि पर्छ । पूर्णिमा पछि आउने एकादशीलाई कृष्ण पक्षको एकादशी र अमावस्या पछि आउने एकादशीलाई शुक्ल पक्षको एकादशी भनिन्छ। यी दुवै प्रकारका एकादशीहरूको हिन्दू सनातन सम्प्रदायमा धेरै महत्त्व छ । यस्तै बैशाख महिनाको शुक्लपक्षको एकादशीलाई मोहिनी एकादशी भन्दछन् । यस्तो विश्वास गरिन्छ कि यो तिथी नै सबै पापहरूलाई मेटाउने तथा उत्तम तिथी हो । यस […]
बरूथिनी एकादशी
वैशाख कृष्ण पक्षको एकादशीलाई वरुथिनी एकादशी भनिन्छ । वरुथिनी (बरूधिनी) एकादशीको महिमा स्वयम भगवान श्री कृष्णले यूधीष्ठिरको जिज्ञाषा सुनेपछि बताउनु भएको हो । कुरुक्षेत्रमा सुर्यग्रहणको बेला सुवर्ण दान गर्दा कमाउने पुण्य बराबर वरुथिनी एकादशीको व्रत बस्नाले कमाइन्छ भन्ने धार्मिक मान्यता रहेको छ । त्यस्तै वरूथिनी एकादशीको व्रतको प्रभावले सर्वत्र सुख शान्ति हुनुको साथै समस्त पापको […]