निजामती कर्मचारी दिवस

२०१३ साल भदौ २२ गते तत्कालिन प्रधानमन्त्री टंक प्रसाद आचार्यले निजामती ऐन ल्याएको दिन पारि निजामती सेवा दिवस मनाउन थालिएको हो। निजामती सेवा ऐन जारी भएको दिनको अवसर पारेर हरेक वर्ष भदौ २२ गतेलाई निजामती सेवा दिवसको रुपमा मनाउने गरिएको छ । वि.सं. २०६१ सालदेखि  औपचारिक कार्यक्रम गरी यो दिवस मनाउन थालीयको हो ।

निजामती सेवा दिवसको अवसरमा हरेक वर्ष विभिन्न पुरस्कार प्रदान गरिन्छ। यस अवसरमा १ जनालाई सर्वोत्कृष्ट निजामती सेवा पुरस्कारको रूपमा रु दुई लाख दिइन्छ, जबकि ३० जनालाई निजामती सेवा पुरस्कार अन्तर्गत जनही रु ५० हजार र १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार अन्तर्गत जनही एक लाखको पुरस्कार प्रदान गरिन्छ।

1106