मण्डेला दिवस

रंगभेदी आन्दोलनका अभियन्ता तथा दक्षिण अफ्रिकाका पहिलो अश्वेत राष्ट्रपति नेल्सन मण्डेलाको सम्झनामा बुधबार विश्वभर नेल्सन मण्डेल अन्तर्राष्ट्रिय दिवस मनाईँदै छ । संयुक्त राष्ट्रसंघको आह्वानमा मण्डेला जन्मिएको दिन पारेर हरेक वर्ष जुलाई १८ दिन दिवस मनाउने गरिएको छ । सन् २००९ को नोभेम्बरमा संयुक्त राष्ट्रसंघको महासभाले घोषणा गरेसँगै यो दिवस सन् २०१० देखि मनाउन थालिएको हो […]

युगकवि सिद्धिचरण श्रेष्ठ जयन्ती

वि.सं १९६९ साल जेठ ९ गते युगकवि श्रेष्ठको जन्म ओखलढुंगामा भएको थियो ।  सिद्धिचरण श्रेष्ठ नेपाली साहित्यमा युगकवि र नेपाल भाषामा कविरत्नका रूपमा चिनिन्छन्  हरेक वर्ष जेष्ठ शुक्ल पञ्चमीका दिनमा युगकवि सिद्धिचरण श्रेष्ठको जन्म जयन्ती मनाउने गरिन्छ । सिद्धिचरणको मेरो प्यारो ओखलढुगां कविता त झन जन्मस्थल छाडेर बेग्लै कर्मस्थलमा आइपुगेका नेपालीहरूको जन्मस्थलको एउटा थेगो गान […]

रामानुजाचार्य जयन्ती

भक्ति मार्गका महान् दार्शनिक तथा समाज सुधारक जगद्गुरु रामानुजाचार्यको जन्मजयन्ती सनातन धर्मावलम्बीहरूका लागि एक विशेष पर्व हो। विशिष्टाद्वैत वेदान्तका प्रवर्तक मानिने उनको जन्मजयन्ती प्रत्येक वर्ष वैशाख शुक्ल पञ्चमीका दिन मनाइन्छ। उनले समाजमा व्याप्त जातीय भेदभाव र कुरीतिलाई चिर्दै भक्ति मार्गमा सबैको समान अधिकार रहने क्रान्तिकारी विचार अघि सारेका थिए, जसले गर्दा उनलाई एक महान् मानवतावादी सन्तका […]

वामन जयन्ती

भाद्र शुल्क पक्षको द्वादशीलाई वामन द्वादशी या वामन जयन्ती भन्ने गरिन्छ। धार्मिक ग्रन्थ अनुसार आजको शुभ तिथिमा भगवान् श्रीकृष्णले वामन अवतार लिनुभएको थियो। धर्तीमा अन्याय र अत्याचार बढ्दै गएपछि, भगवानले कुनै न कुनै अवतारमा आएर त्यो अत्याचार गर्ने सैतानको विनाश गरेको धेरै कथाहरू हामीले सुनेका छौ। भगवान् विष्णुले अरू अवतार जस्तै वामन अवतार पनि यस्तै […]

कूर्म जयन्ती

भगवान् विष्णुले कूर्म (कछुवा) का रूपमा दोस्रो अवतार लिनुभएको सम्झनामा आज कूर्म जयन्ती मनाइँदैछ। सत्य युगमा वैशाख शुक्ल पूर्णिमाका दिन भगवान् विष्णुले देवताको रक्षा गर्न कूर्म अवतार लिनुभएको धार्मिक ग्रन्थहरूमा उल्लेख छ। वैदिक ग्रन्थअनुसार, जब पृथ्वीमा धर्म संकटमा पर्छ, तब भगवान् विभिन्न रूपमा अवतरित भई मानव कल्याणका लागि कार्य गर्नुहुन्छ। भगवान् विष्णुले मत्स्य, कूर्म, वराह, […]