मत्स्य जयन्ती

शव्दले नै स्पष्ट छ, मत्स्य अर्थात माछा अनि विष्णुको माछाको अवतार अर्थात मत्स्य अवतारको पृथ्वीका पर्दापणको जयन्ती मत्स्य जयन्ती हरेक वर्षको चैत्र शुक्ल तृतियाका दिन मनाइन्छ । सत्ययूगमा ठूलो माछाको अवतारमा विण्णुको पहिलो अवतार धर्तीमा देखापरेको हो, यस माछा शत्यन्त वलवान र एउटा सिगं भएको माछा रहेको कुरा विष्णुपुराण र भविष्या पुराणमा समेत उल्लेख गरिएको छ ।

मत्स्य सापेक्षताको सिद्धान्तले हरेक कुरा, समय अनि चाललाई सापेक्षीक रुपमा ब्याख्या गर्दछ । एउटा बालक प्रतिघण्टा १० किमिको दरमा फुटवल खेल्दैछ भनें फुटवलको स्पीडको आँकडा धर्तीले सूर्यलाई परिक्रमा गर्दाको स्पीडको सापेक्षमा जोखिनुपर्ने र सबैकुराहरु एउटा रिफरेन्समा राखिने कुरा हो । यस्तै यूगको आँकडापनि सापेक्षीक छ किनभनें परमात्मा तत्वका लागि समयको जोख र हाम्रो लागि समयको जोख एउटै नहुन सक्दछ । एउटा २ महिनाको औसत आयू भएको कमीलाको लागि हाम्रो एकदिन धेरै दिन हुनसक्दछ, हुनसक्छ कमिलाको जिवनभागको महत्वपूर्ण घडीहरु नै हाम्रो एकहप्ता हुन सक्दछ । 

समयको सापेक्षतामा श्रृष्टिकर्ता ब्रह्मतत्वको लागि पृथ्वीको एक यूग एक दिन हुने हिसाबमा यूगहरुको श्रृजना गरिएको हो, यूगचक्रले श्रृष्टि र बिनाश दुबै समाहित गर्दछ । सत्य, त्रेता, द्धापर र कली गरेर ४ यूग्हरुको ब्रह्मतत्वलाई ४ दिन हुन्छ । सत्ययूगको मत्स्य अवतारलाई डार्भिनको इभेल्यशन थियोरीसंग पनि जोड्न सकिन्छ, यूनीसेलुलर जिव बाट यूभोल्यूट हुँदै मान्छेको स्वरुपमा आएको यस थियरीले पनि एककोषिय जिवको स्वरुपमा पहिले माछा जस्तो प्राणीवाट मान्छेको उत्पति शुरु भएको देखाँउदछ । मत्स्य अवतार सत्ययूगमा पानीमा रहेर पृथ्वीको रक्ष ागर्ने अवतार भएको पाइन्छ, यस अवतारका तथ्यहरुले मान उत्पतीका अवयवहरुलाई पनि नछोएको भनें छैन ।

1114