थानकोटमा महालक्ष्मी यात्रा

काठमाडौं उपत्यकाका चार भञ्ज्याङमध्येको पश्चिमी चन्द्रागिरी भञ्ज्याङको काखमा पर्ने थानकोटमा महालक्ष्मी अर्थात् सिन्दुर जात्रा – न्हूदँ (नेपाल सम्वत्) (नयाँ वर्ष) सुरू भएपछिको पहिलो जात्राको रूपमा लिइन्छ। स्थानीय भाषामा बलम्बुको जात्रालाई लाटिमर, सातापछि थानकोटमा हुनेलाई सकिमर: र एक महिनापछि सतुंगलमा हुने जात्रालाई बखुमर: (सातगाउँले जात्रा) भनिन्छ। ‘थानकोटे जात्रा’ को नामले बहुप्रचलित यस सिन्दुर जात्रालाई महालक्ष्मी जात्रा […]

भोटो जात्रा

परम्परा अनुसार रातो मच्छिन्द्रनाथको रथ जावलाखेल ल्याएको चौथो दिन भोटो देखाइन्छ। ईस्वी संवत ६४० देखि ६८३ सम्म ललितपुरमा शाषन गरेका लिच्छविकालीन राजा नरेन्द्र देवको पालादेखि यस जात्रा मनाईने गरिएको इतिहास छ ।  वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथ वैशाख पुल्चोकबाट मङ्गलबजार, सुन्धारा, लगनखेलको थटी हुँदै जाउलाखेल ल्याइन्छ। उक्त भोटो छ महिना बुङ्गमतीमा र […]

धनतेरस

पञ्चाङ्ग बमोजिम प्रत्येक वर्ष कार्तिक कृष्ण पक्षको त्रयोदशीका अथवा काग तिहारका दिन दिन धनवन्तरी त्रयोदशी अर्थात धनतेरस मनाउने चलन छ । धन त्रयोदशी र धनतेरस पनि यसै दिनलाई भन्ने गरिन्छ । यो दिन मूलतः आयुर्वेदका प्रवर्तक धन्वन्तरि र धनका देवता कुबेरको जन्मोत्सव मनाउने पर्व हो । धनतेरसका दिन नेपालको तराइ क्षेत्र र समस्त भारतमा नयाँनयाँ भाँडाकुडा र सुनचाँदीका गरगहना किनमेल गर्ने परम्परा छ । […]

गोवर्द्धन पूजा – गोरुतिहार

यमपञ्चक वा तिहारको चौथो दिन गोवर्द्धन पूजा (गोरुतिहार) गरिन्छ । नेपाली समाजमा मनाइने दोस्रो ठूलो पर्व तिहार अन्तर्गत कात्तिक शुक्लप्रतिपदाका दिन गोवर्द्धन पूजा गर्ने चलन छ । गोवर्द्धन पूजालाई लोकमा गोरुतिहार पनि भनिन्छ । नेपाली धरातलमा खेतीपाती गर्न सघाउने गाईका बाच्छा तथा गोरुलाई पूजा गरिने भएकाले यस पर्वलाई गोरुतिहार भनिएको हो । गोठमा गोबरको पर्वत […]

ज्या: पुन्हि – पनौति जात्रा

जेष्ठ शुक्ल पूर्णिमाको दिन जात्रा नमनाउने र मङ्सिर पूर्णिमाको रात निद्रा नपुर्याउनेले कहिल्यै सुख पाउँदैनन् भन्ने स्थानीय बूढापाकाको भनाइ छ। पनौतीमा जात्रामा सामेल हुनु एक परम्परागत नियमजस्तै हो। यहाँ त्रयोदशीदेखि पूर्णिमाको रातसम्म पनौतीवासी हिलेजात्रा धूमधामले मनाउँछन्। यसपछि, भोलिपल्टदेखि नै खेतको काम सुरु गर्ने चलन छ। जात्रा सकेर रोपाइँ थाल्ने परम्परा पहिलेदेखि चलिआएको हुँदा यसलाई हिलेजात्रा […]