भोटो जात्रा

परम्परा अनुसार रातो मच्छिन्द्रनाथको रथ जावलाखेल ल्याएको चौथो दिन भोटो देखाइन्छ। ईस्वी संवत ६४० देखि ६८३ सम्म ललितपुरमा शाषन गरेका लिच्छविकालीन राजा नरेन्द्र देवको पालादेखि यस जात्रा मनाईने गरिएको इतिहास छ । 

वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथ वैशाख पुल्चोकबाट मङ्गलबजार, सुन्धारा, लगनखेलको थटी हुँदै जाउलाखेल ल्याइन्छ।

उक्त भोटो छ महिना बुङ्गमतीमा र छ महिना मच्छिन्द्रबहालको ढुकुटीमा राखिन्छ।

किंवदन्ती अनुसार कर्कोटक नागराजले आफ्नी रानीको आँखा निको पार्ने वैद्यलाइ उपहारस्वरूप उक्त बहुमूल्य रत्नजडित भोटो वैद्य समेत रहेका एक किसानलाई दिएका हुन्।

श्रीमती निको भएपछि नागराजले किसानलाई उपहार माग्न भनेपछि रानीले नै लगाएको भोटो मागेको एक किंवदन्ती छ। 

तर एउटा भूतले त्यो भोटो चोरेपछि विवाद बढ्यो र भोटो दाबी गर्न प्रमाण ल्याउन भनियो। 

तर न त भूत न किसानले नै प्रमाण जुटाउन नसकेपछि उक्त भोटोलाई मच्छिन्द्रनाथको रथबाट चारै दिशामा देखाउने परम्परा बसेको विश्वास छ।

Story of Bhoto Jatra – by The Tales of Nepal
1347