
इस्लाम धर्मावलम्बीले आफ्नो प्रसिद्ध पर्व बकर–इद आज उत्साहका साथ मनाइरहेका छन् । तीन दिनसम्म मनाइने यस पर्वलाई ‘इद–उल–जुहा’, ‘ईद ऊ जोहा’ अथवा ‘ईल उद अधा’ पनि भन्ने गरिन्छ । इस्लामिक क्यालेन्डर हिजरी सम्वतको १२औँ महिना जिलहिज्जाको १० तारिखबाट यो पर्वको मनाइने गरिन्छ । यसलाई बलिदानीको पर्वका रुपमा लिइन्छ । इस्लाम महिना जुल हिज्जाको दशौँ दिन यो पर्व मनाउने गरिन्छ ।
बकर–इदमा जनावरलाई ‘कुर्वानी’ अर्थात् बलिदानी गर्ने गरिन्छ । सो अवसरमा जनावरको मासुलाई तीन भाग लगाएर एक भाग आफन्त, एक भाग गरीब परिवार र अर्को भाग आफ्ना लागि राख्ने नियम रहेको छ ।
कसरी मनाइन्छ बकर ईद पर्व ?
ईस्लाम धर्मको महान पर्व (ईदुल फित्र) ईद र (ईदुलअजहा) बकरईदको दिन मुस्लिम समुदाय एकत्रित इदगाहमा नमाज पढ्ने गर्छन । अल्लाहको आदेशमा इब्राहिमले आफ्ना प्यारो छोरा इस्माइललाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाईन्छ । अल्लाहको आदेशमा इब्राहिमलाई आफ्नो नजिकको प्यारो के हो त्यसको कुर्वानी (बलिदान) दिनु भन्ने थियो, जसअनुसार छोरा इस्माइललाई बलिदान दिन तयार हुँदा अल्लाह आफैँले बलिदान दिने क्रममा इब्राहिमको हातबाट अकस्मात छोराको ठाँउमा दुम्बा(मरुभुमिमा पाइने भेडा) राखिदिए बलिदान गर्ने भनी आदेश दिए, बलिदान दिँदा इब्राहिमको नजरमा उनको छोरा इस्माइलको कुर्बानी भयो भन्ने थियो । तर, आँखा खोल्दा छोरा नभएर एउटा दुम्बालाई कुर्बान गरेका थिए, सोही घटनाको सम्झनामा यो पर्व मनाईन्छ ।
बकरइदमा नमाजपछि आआफनो घर गई क्षमता र हैसियत हुनेहरूले कुर्बानी (बलि दिने) गरिन्छ । त्यस्तो कुर्बानी चौपायामा मात्रै गर्नुपर्ने हुन्छ । खसी, राँगा, भेंडा, उँट, दुम्बा (खाडीमा पाइने जनावर) लगायतका जनावरलाई कुर्बानी दिन योग्य मानिन्छ । ठूला जनावरहरू राँगा, ऊँट लगायतमा ३, ५ र ७ जनासम्मले समूहमा वा एकै व्यक्तिको नाममा कुर्बानी दिने गरिन्छ भने् खसी, बाख्रा, दुम्बामा एकजनाको नाममा मात्रै लगाउने चलन छ । त्यस्तो जनावर बिरामी, खुट्टा खोच्याउने, कान काटिएको, सिङ भाँचिएको भने हुनु हुँदैन ।
इस्लामिक धर्माबलम्बीका अनुसार, कुर्बानीको मासु तीन भागमा बाँड्नुपर्छ । एक भाग आफ्ना घर परिवारका लागि, अर्को आफन्त तथा इष्टमित्रका लागि र तेस्रो भाग गरिब एंव असक्षम मानिस लागि छुट्याउनु पर्ने हुन्छ । यो पर्वमा कोही पनि मासु खानबाट बन्चित नहोस् भन्ने मान्यता छ । कुर्बानीको मासु तराजुमा तौलन र बिक्री गर्न मिल्दैन । कुर्बानी भएको जनावरको छाला मदरसालाई दिनुपर्ने धार्मिक नियम छ । यो नियम सबै मुस्लिमले पालना गर्नुपर्ने हुन्छ ।
यस्तै दोस्रो र तेस्रो दिन पनि कुर्बानी दिन सकिन्छ । यो बकर ईदसँग हज (तीर्थाटन) समेत जोडिएको हुन्छ । प्रत्येक वर्ष नेपालबाट सयौँ हजयात्री हजमा सहभागी हुन साउदी अरेवियाको मक्का जाने गरेका छन् । हजमा गएका नेपालीहरूले बकर ईदको नमाज साउदीमा नै पढ्ने गर्छन् ।
यो महिनापछि इस्लामिक नयाँ वर्ष मोहर्रम सुरु हुन्छ । बकर ईद पर्वको अवसरमा सार्वजनिक बिदासमेत दिइन्छ ।
बकर इदका केही विशेषता
–ईद उल अजहा मुश्लिम समुदायका एक महत्वपूर्ण उत्सव हो । ईद तीन किसिमको हुन्छ । ईदे अजहाका साथै अर्को दुई इद छन्, ईदुलफित्र वा रमजान ईद र अर्को मिलादुन्नबी ।
–यी तीनै ईद भाइचारा, त्याग, समर्पण र मानविय मूल्यमा आधारित छ । यी सबै ईदले आपसमा सद्भाव र प्रेम कायम राख्दै एकढिक्का भएर बाँच्न प्रेरित गर्छ ।
–ईद उल अजहालाई केही नामले पुकारिन्छ । ईदे अजहा इदलाई नमकीन इद पनि भनिन्छ । यस इदलाई ईदे करबां पनि भनिन्छ । नमकिन ईदको अर्थ नमकिन अर्थात नुनिलो पकावनका साथ मनाउने भनिएको हो । जबकि कुरबानीसँग जोडिएकाले यो इदलाई कुरबां पनि भनिन्छ । बालबालिको सामान्यत यसलाई बकरा ईद भन्छन् ।
–खासमा यो ईदको सम्बन्ध बकरेसँग छ । वास्तवमा बकरको अर्थ ठूलो जनवार हो । यसलाई कुरबांको अर्थ बलिदानको भावना हो ।