प्रदोष व्रत: भगवान शिवको कृपा प्राप्त गर्ने पवित्र उपवास प्रदोष व्रत हिन्दू धर्ममा भगवान शिवको विशेष उपासना को लागि गरिने एक महत्वपूर्ण उपवास हो। यो व्रत प्रत्येक महिनाको त्रयोदशी तिथिको साँझ (प्रदोष काल) मा गरिन्छ। प्रदोष व्रतले भक्तजनहरूलाई सुख, शान्ति, आरोग्यता, र मोक्ष प्रदान गर्ने विश्वास गरिन्छ। प्रदोष व्रत के हो? • “प्रदोष” भन्नाले साँझको विशेष समय (सूर्यास्त अघि र पछि १.५ […]
Category Archives: Festival
रवि सप्तमी व्रत
आइतबार अर्थात् सूर्यको बार, सूर्यलाई रवि पनि भनिन्छ । यसअर्थमा रविबार परेको सप्तमीलाई रवि सप्तमी भनिन्छ । यो दिन व्रत बस्ने र उपासना गर्ने चलन हुन्छ । रविबारको सप्तमीलाई दुर्लभ मानिन्छ । यस्तो संयोग परेको दिन भगवान् सूर्य नारायणको पूजा, अर्चना व्रत आदि गरिन्छ । नवग्रह तथा देवताहरूका पनि बन्दनीय सूर्य भगवान् सम्पूर्ण जगतलाई आफ्नो […]
तोल ल्होसार
सबैभन्दा पुरानो ल्होसार तोल ल्होसार हो । तोलको अर्थ समयचक्र हुन जान्छ । त्यसैले यस ल्होसारलाई समयचक्र संवत्सर पनि भनिन्छ । नेपालका हिमाली जिल्लाहरु डोल्पा, मुगु, मनाङ्ग, हुम्ला, जुम्ला, र तिब्बत तथा भुटानका वा भुटानी मूल भएर नेपालमा बसोबास गर्ने मानिसहरुले प्रत्येक वर्ष पौष शुक्ल प्रतिपदाको दिनमा रमाईलो गरि धुमधामका साथ मनाउने गर्दछन । सोनाम […]
तमु ल्होसार
तमु ल्होसार गुरुङ जातिको महान चाड हो । यो चाड खासगरी नेपालमा र विश्वका अन्य देशहरूमा पनि मनाइन्छ । ल्होसार भनेको नयाँ वर्ष हो । हाल यो हिन्दू जातिको भारतिय पात्रो बिकम सम्बतको पुस महिनाको १५ गतेलाई आधार मानेर मनाइने चलन छ । गुरूङसमुदायलाई जनाउने अर्को नाम तमु हो । तमु ल्होसारले गुरूङ समुदायको भित्तेपात्रोमा नयाँ सम्वत शुरू भएको सङ्केत […]
उधौली पर्व
प्रकृति पुजारी किराँत समुदायको दोस्रो महत्त्वपूर्ण चाड उधौली देशभर हर्षोल्लासका साथ मनाउछ । हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनदेखि सुरु हुने उधौली चाड मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्न तथा अन्नबाली भित्र्याइएको खुशियालीमा मनाउने गरिन्छ । किराँत राईहरुको दोस्रो महान् चाड उधौलीमा अन्नबाली भित्र्याउनुअघि प्रकृति र पितृको पूजा गर्ने चलन […]