गोवर्द्धन पूजा – गोरुतिहार

यमपञ्चक वा तिहारको चौथो दिन गोवर्द्धन पूजा (गोरुतिहार) गरिन्छ । नेपाली समाजमा मनाइने दोस्रो ठूलो पर्व तिहार अन्तर्गत कात्तिक शुक्लप्रतिपदाका दिन गोवर्द्धन पूजा गर्ने चलन छ । गोवर्द्धन पूजालाई लोकमा गोरुतिहार पनि भनिन्छ । नेपाली धरातलमा खेतीपाती गर्न सघाउने गाईका बाच्छा तथा गोरुलाई पूजा गरिने भएकाले यस पर्वलाई गोरुतिहार भनिएको हो । गोठमा गोबरको पर्वत […]

विश्व आत्महत्या रोकथाम दिवस

हरेक वर्ष सेप्टेम्बर १० मा विश्व आत्महत्या रोकथाम दिवस मनाइन्छ, आत्महत्या रोकथामको लागि अन्तर्राष्ट्रिय सङ्घ (IASP) द्वारा आयोजित र विश्व स्वास्थ्य सङ्गठन (WHO) द्वारा समर्थित छ। नेपालमा आत्महत्याका घटना बढ्दो क्रममा रहे पनि आत्महत्या रोकथाम तथा न्यूनीकरणका लागि प्रभावकारी काम हुनसकेको देखिएको छैन। मनोविद् तथा मनोचिकित्सकहरू आत्महत्या रोकथाममा सबै क्षेत्रको उत्तिकै भूमिका हुनुपर्नेमा जोड दिन्छन्। […]

कबीर जयन्ती

मध्ययुगीन महाकवि तथा संत कबीरदासको जन्मजयन्ती जेठ महिनाको पूर्णिमाका दिन मनाइन्छ । सन्त कबीर दास हिन्दी साहित्यका एक प्रसिद्ध कवि थिए, जसले समाजमा फैलिएका भ्रम र कुरीतिहरूलाई हटाउन आफ्नो सम्पूर्ण जीवन समर्पित गरे। उनले आफ्नो दोहोरीबाट जनतामा भक्तिको बीउ रोपे । कबीर दास जी एक संत मात्र थिएनन्, उनी एक विचारक र समाज सुधारक पनि […]

ज्या: पुन्हि – पनौति जात्रा

जेष्ठ शुक्ल पूर्णिमाको दिन जात्रा नमनाउने र मङ्सिर पूर्णिमाको रात निद्रा नपुर्याउनेले कहिल्यै सुख पाउँदैनन् भन्ने स्थानीय बूढापाकाको भनाइ छ। पनौतीमा जात्रामा सामेल हुनु एक परम्परागत नियमजस्तै हो। यहाँ त्रयोदशीदेखि पूर्णिमाको रातसम्म पनौतीवासी हिलेजात्रा धूमधामले मनाउँछन्। यसपछि, भोलिपल्टदेखि नै खेतको काम सुरु गर्ने चलन छ। जात्रा सकेर रोपाइँ थाल्ने परम्परा पहिलेदेखि चलिआएको हुँदा यसलाई हिलेजात्रा […]

विश्व द्वन्द्वमा यौन हिंसा उन्मूलनको दिवस

नेपालसहित संसारभर प्रत्येक वर्ष जुन १९ मा यो दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्रसङ्घको महासभाले हरेक वर्ष यो दिवस मनाउने घोषणा सन् २०१५ जुन १९ मा गरेको हो ।  युद्धका समयमा यौन हिंसामा पर्नेहरूका वेदनाको सम्बोधन गरी अधिकारको प्रत्याभूत गर्दै विश्वसमक्ष उनीहरूका आवाज बुलन्द बनाउन तथा द्वन्द्वका समयमा हुने यौन हिंसाको उन्मूलनका लागि दिवस महत्वपूर्ण […]