अरनिको स्मृति दिवस

महान कलाकार अरनिको स्मृति दिवस नेपाल र चीन दुबै देशमा विशेष महत्वको साथ मनाउने गरिन्छ । अरनिकोको निधन भएको दिन पारेर विभिन्न कार्यक्रम गरी प्रत्येक वर्षको पुष २३ गते मनाईने यो परम्परा विसं २०५८ सालदेखि सुरु भएको हो ।  सन् १३०६ मार्च ११ तारिखमा ६३ वर्षको उमेरमा कलाकार अरनिकोको चीनमा निधन भएको थियो । उनको […]

श्रीवल्लभ जयंती

श्रीपाद श्रीवल्लभ भारतीय गुरु हुन्, जो दत्तात्रेय सम्प्रदाय (परम्परा) का एक प्रमुख गुरु मानिन्छन्। उनी दत्तात्रेयको अवतारको रूपमा चिनिन्छन्। श्रीपाद श्रीवल्लभलाई कलियुगमा दत्तात्रेयका पहिलो पूर्ण अवतार मानिन्छ। नरसिंह सरस्वती, माणिक प्रभु, स्वामी समर्थ र शिर्डीका साई बाबा पनि श्रीपाद श्रीवल्लभपछि भएका दत्तात्रेयका अवतार मानिन्छन्। श्रीपाद श्रीवल्लभको जन्म भारतको आन्ध्र प्रदेश राज्यको पिठापुरम (पहिले पिटिकापुरम) नामक […]

कीर्तिपुरमा बाघभैरव पर्व

हरेक वर्ष भदौ १ गतेका दिन उपत्यकाको दक्षिणपश्चिमस्थित ऐतिहासिक प्राचीन बस्ती कीर्तिपुरमा बाघभैरव देवताको जात्रा गरिन्छ । स्वयम्भू र पशुपतिनाथको प्रादुर्भाव हुनुअगावै पुरानो बस्ती कीर्तिपुर, मातातीर्थ र साँगासँगै विस्तार भएको हो भन्ने कुरा गोपाल वंशावलीमा उल्लेख गरिएको छ । गोपालवंशी गोपालकमध्ये एक जनाको गाईले रातिराति काठमाडांैको गौशाला देवपाटन हाल पशुपतिनाथ रहेको स्थानमा थुनबाट सबै दूध […]

मंगल चौथी

यस दिन गणेशको व्रत बस्दा धनदेखि मनले चिताएको सम्पूर्ण पूरा हुने विश्वास गरिन्छ । मंगलबार मंगल ग्रहले प्रतिनिधित्व गर्ने बार हो । त्यस्तै चतुर्थी तिथि भगवान गणेशजीको उत्त्पति भएको तिथिको रुपमा लिइन्छ । गणेशजी जन्मिएको दिन मंगलबार र चतुर्थी तिथिको संयोग परेकाले त्यस दिनलाई मंगल चौथी भनिएको हो । यसलाई ‘मङ्गल चतुर्थी’ र ‘अङ्गारक चतुर्थी’ पनि भन्ने गरिन्छ। यस्तो […]

मोक्षदा एकादशी – गीता जयन्ती

मार्गर्शीष मासको शुक्लपक्षको एकादशीलाई मोक्षदा एकादशी भनिन्छ । यसलाई मानस रोग निवारण एकादशी, मोक्षदैनी एकादशी, मोहनशक एकादशी, शुद्ध एकादशी इत्यादीबाट पनि चिनिन्छ । यसदिन भगवान विष्णुको पुजा गरिन्छ । यसदिन व्रत बस्नाले मानिसको सबै पाप नष्ट हुन्छ र मानसिक रोग र कष्ट दुर हुने विश्वास पनि गरिन्छ । गीता जयंती मार्गशीर्ष मासको शुक्लपक्षको एकादशी गीता […]