मंसिर महिनाको कृष्णपक्ष तिथिमा एकादशीको उत्पत्ति भएको हुनाले यसलाई उत्तिका एकादशी भनिएको हो । सबै एकादशी मध्ये उत्तिका एकादशी पहिलो भएको हुनाले यस एकादशीको व्रत लिने व्यक्तिहरूले आजकै दिनबाट एकादशी व्रत अनुष्ठानको प्रारम्भ गर्नुपर्दछ । उत्पत्तिका एकादशी ब्रत कथा पद्मपुराण अनुसार, धर्मराज युधिष्ठिरले एक पटक भगवान् श्रीकृष्णलाई एकादशी तिथिको उत्पत्तिका विषयमा जिज्ञासा राखे । यसैको […]
Author Archives: smartpatro
हरिबोधनी एकादशी – तुलसी विवाह
हरिबोधिनी एकादशीलाई वर्षभरमा पर्ने चौबिस वटा एकादशीहरु मध्ये सबैभन्दा ठूलो एवं महत्वपूर्ण एकादशीको रुपमा लिइन्छ । कात्तिक शुक्ल एकादशीका दिन भगवान विष्णुको प्रतीकका रूपमा तुलसीको विवाह र विशेष पूजा गरि मनाइन्छ । यसलाई हरिबोधिनी (प्रबोधिनी) एकादशी पनि भनिन्छ । हिन्दू धर्ममा एकादशीलाई भगवान् विष्णुको उपासना गर्ने पर्वको रूपमा लिइन्छ। आषाढ शुक्ल एकादशीको दिन क्षीर सागरमा […]
थानकोटमा महालक्ष्मी यात्रा
काठमाडौं उपत्यकाका चार भञ्ज्याङमध्येको पश्चिमी चन्द्रागिरी भञ्ज्याङको काखमा पर्ने थानकोटमा महालक्ष्मी अर्थात् सिन्दुर जात्रा – न्हूदँ (नेपाल सम्वत्) (नयाँ वर्ष) सुरू भएपछिको पहिलो जात्राको रूपमा लिइन्छ। स्थानीय भाषामा बलम्बुको जात्रालाई लाटिमर, सातापछि थानकोटमा हुनेलाई सकिमर: र एक महिनापछि सतुंगलमा हुने जात्रालाई बखुमर: (सातगाउँले जात्रा) भनिन्छ। ‘थानकोटे जात्रा’ को नामले बहुप्रचलित यस सिन्दुर जात्रालाई महालक्ष्मी जात्रा […]
भोटो जात्रा
परम्परा अनुसार रातो मच्छिन्द्रनाथको रथ जावलाखेल ल्याएको चौथो दिन भोटो देखाइन्छ। ईस्वी संवत ६४० देखि ६८३ सम्म ललितपुरमा शाषन गरेका लिच्छविकालीन राजा नरेन्द्र देवको पालादेखि यस जात्रा मनाईने गरिएको इतिहास छ । वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथ वैशाख पुल्चोकबाट मङ्गलबजार, सुन्धारा, लगनखेलको थटी हुँदै जाउलाखेल ल्याइन्छ। उक्त भोटो छ महिना बुङ्गमतीमा र […]
धनतेरस
पञ्चाङ्ग बमोजिम प्रत्येक वर्ष कार्तिक कृष्ण पक्षको त्रयोदशीका अथवा काग तिहारका दिन दिन धनवन्तरी त्रयोदशी अर्थात धनतेरस मनाउने चलन छ । धन त्रयोदशी र धनतेरस पनि यसै दिनलाई भन्ने गरिन्छ । यो दिन मूलतः आयुर्वेदका प्रवर्तक धन्वन्तरि र धनका देवता कुबेरको जन्मोत्सव मनाउने पर्व हो । धनतेरसका दिन नेपालको तराइ क्षेत्र र समस्त भारतमा नयाँनयाँ भाँडाकुडा र सुनचाँदीका गरगहना किनमेल गर्ने परम्परा छ । […]