गङ्गा सप्तमी

प्रत्येक वर्ष वैशाख शुक्ल सप्तमीका दिन मनाइने गङ्गा उत्पत्ति पर्व आज विभिन्न नदीमा विधिपूर्वक पूजा आराधना गरी मनाइन्छ । द्वापरयुगमा कपिलमुनिको श्रापबाट राजा सगरका ६० हजार छोरा भष्म भएपछि उहाँका सन्तति भगीरथले पितृ मुक्तिका लागि वर्षौँ तपस्या गरी स्वर्गबाट गङ्गालाई पृथ्वीमा अवतरण गराएको प्रसङ्ग विभिन्न पुराणमा वर्णन गरिएको छ । वैशाख शुक्ल सप्तमीका दिन स्वर्गबाट […]

पशुपतिनाथमा दमन पुष्पार्पण

काठमाडौं उपत्यकाको हृदयस्थलमा अवस्थित पशुपतिनाथ मन्दिर हिन्दू धर्मावलम्बीहरूको गहिरो श्रद्धा र आस्थाको केन्द्र हो। यस पवित्र स्थलमा वर्षभरि विविध धार्मिक अनुष्ठान र पर्वहरू मनाइन्छन्, जसमा एक विशेष र सुगन्धित उत्सव हो दमन पुष्पार्पण। दमन पुष्पको धार्मिक महत्त्व दमन (Leucas indica) एक वनस्पति हो। नेपाली परम्परामा यसलाई पवित्र फूलको रूपमा लिइन्छ, जसले शरीर र आत्मालाई शुद्ध बनाउने विश्वास गरिन्छ। […]

जुडशीतल (सिरुवा पर्व)

नयाँ वर्षको अवसरमा प्रत्येक वर्ष २ वैशाखमा यो पर्व मनाइन्छ ।  शिरुवा पर्व नेपालका थारू समुदायमा मनाइने एक पर्व हो । यो पर्व थारूहरूकै मात्र नभई अन्य समुदायहरुको पनि ठूलो पर्व हो। यो पर्व नयाँ वर्षको खुसीयालीमा मनाइन्छ। शिरुवा पर्वको शाब्दिक अर्थ-शीर्षस्थ अर्थात् वर्षको सबै भन्दा पहिलो पर्व, शुरुको पर्व हुन्छ। वर्षको सबैभन्दा पहिले हुने हुनाले थारू भाषामा शिरुवा पर्व […]

कूर्म जयन्ती

भगवान् विष्णुले कूर्म (कछुवा) का रूपमा दोस्रो अवतार लिनुभएको सम्झनामा आज कूर्म जयन्ती मनाइँदैछ। सत्य युगमा वैशाख शुक्ल पूर्णिमाका दिन भगवान् विष्णुले देवताको रक्षा गर्न कूर्म अवतार लिनुभएको धार्मिक ग्रन्थहरूमा उल्लेख छ। वैदिक ग्रन्थअनुसार, जब पृथ्वीमा धर्म संकटमा पर्छ, तब भगवान् विभिन्न रूपमा अवतरित भई मानव कल्याणका लागि कार्य गर्नुहुन्छ। भगवान् विष्णुले मत्स्य, कूर्म, वराह, […]

गोरखनाथ जयन्ती

बैशाख शुक्ल पूर्णिमाको दिन धेरै महापुरुषहरुको यस धर्तिमा पर्दापण भएको छ, यिनै महान पुरुष र सिद्धयोगीहरुमा गुरु गोरखनाथको पनि नाम आँउदछ । वैशाख महिनामा पर्ने पूर्णिमा लाई चण्डी पूर्णिमा भनिन्छ। यसै दिन बुद्ध जयन्ती, कूर्म जयन्ती, उभौली पर्व अनि गोरख नाथ जयन्ती पनि पर्दछ। नाथ सम्प्रदायका शुरुवात गर्ने यि महान सिद्धयोगीको जन्म भएको यस पावन […]