बाढी, पहिरो, भू–क्षयजस्ता प्राकृतिक प्रकोप कम गर्दै पारिस्थितिक सन्तुलन कायम राख्न सहयोग पुर्याउन एवं भू–क्षय कम गरी जमिनको उर्वराशक्ति कायम राख्न तथा पूर्वाधार संरक्षण गर्ने उद्देश्यले २०३१ साउन २४ गतेदेखि दिवस मनाउन थालिएको हो । विभागको स्थापनासँगै जिल्लास्तरमा भू–संरक्षण कार्यालय स्थापना गरी सेवा प्रवाह सुरु गरिएको थियो । विसं २०३१ देखि ‘भू–संरक्षण दिवस’का रूपमा मनाउने […]
Author Archives: smartpatro
राष्ट्रिय कोदो दिवस
सरकारले कोदोजन्य बालीहरूको आयात रोक्न, उत्पादन तथा उत्पादकत्व बढाउने उद्देश्यले पहिलोपटक वि.सं २०८२ श्रवाण १६ गते राष्ट्रिय कोदो दिवस मनाउने गरेको छ । कोदोजन्य बालीले साना किसानको आयआर्जन बढाउन, खाद्य तथा पोषण सुरक्षाका लागि साउन १६ गते दिवस मनाउन लागिएको हो । देशको दिगो विकास लक्ष्य हासिल गर्न, जलवायु परिवर्तनवाट हुने असर कम गर्न र […]
चुरे संरक्षण दिवस
नेपाल सरकारले २०७१ साल असार २ गते राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिको गठन गरेको दिनको अवसर पारेर हरेक वर्ष असार २ गतेलाई चुरे दिवसको रूपमा मनाउने गरिन्छ । नेपालमा पूर्व इलामदेखि पश्चिम कञ्चनपुरसम्म ३७ वटा जिल्लामा कूल भूभागको १२.७८ प्रतिशत क्षेत्रमा चुरे पहाड फैलिएको छ । चुरे कान्छो पहाड, भौगर्भिकरूपमा कमजोर, धेरै पानी […]
राष्ट्रिय पत्रकारिता दिवस
नेपालमा गोरखापत्र प्रकाशन आरम्भ भएको विसं १९५८ वैशाख २४ गतेको स्मरणमा सरकारले २०७३ सालमा पत्रकारिता दिवस राष्ट्रियरुपमै मनाउन मान्यता दिएपछि यो दिवस वैशाख २४ गते मनाउन थालिएको हो । विसं १९५८ वैशाख २४ गतेदेखि साप्ताहिकरूपमा गोरखापत्रको प्रकाशन सुरु भएको हो । एक शताब्दीभन्दा लामो इतिहास बोकेको गोरखापत्र मुलुकको गौरवशाली प्रकाशन हो । गोरखापत्र प्रकाशनको प्रारम्भदेखि […]
आधिकारिक भाषा दिवस बागमती प्रदेश
बागमती प्रदेश सरकारले नेपाली भाषाका अतिरिक्त तामाङ भाषा र नेपाल भाषा (नेवाः भाषा) लाई पनि सरकारी कामकाजको भाषाका रूपमा प्रयोग गर्ने ऐतिहासिक निर्णय गरेको दिन २०८१ साल वैशाख २४ गते हो। यस दिनलाई प्रदेश सरकारले सरकारी कामकाजको ‘आधिकारिक भाषा दिवस’ (Official Language Day) का रूपमा मनाउने निर्णय गर्दै प्रदेशभर सार्वजनिक विदा पनि घोषणा गरेको थियो। नेपालको संविधानको धारा ७ अनुसार संघीय सरकारले नेपाली भाषालाई सरकारी […]