शशिधर जयन्ती

स्वामी शशिधर: एक आध्यात्मिक विभूति र साहित्यिक योगदानकर्ता आज स्वामी शशिधरको जन्मजयन्ती परेको छ। घाखाँची जिल्लाको बामरुक गाउँमा जन्मिएका स्वामी शशिधर नेपाली आध्यात्मिक क्षेत्रका एक महत्त्वपूर्ण व्यक्तित्व हुनुहुन्थ्यो। उहाँका पिता दिशै शर्मा मरासिनी थिए। उन्नाइसौं शताब्दीका प्रारम्भिक कालखण्डमा सन्तशिरोमणिको रूपमा सम्मानित स्वामी शशिधर केवल एक साधु मात्र होइन, एक महान विद्वान् तथा लेखक पनि हुनुहुन्थ्यो। […]

टोखा चण्डेश्वरी जात्रा, साँखु जात्रा र मध्यपुर ठिमी बालकुमारी जात्रा

नेपाल संस्कृतिको धनी देश हो, जहाँ विविध जात्रा र पर्वहरू मनाइन्छन्। विशेषगरी उपत्यकाका जात्राहरू धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेका हुन्छन्। यस लेखमा हामी भक्तपुर महाकाली महालक्ष्मी जात्रा, टोखा चण्डेश्वरी जात्रा, साँखु जात्रा र मध्यपुर ठिमी बालकुमारी जात्राबारे चर्चा गर्नेछौं। भक्तपुर महाकाली महालक्ष्मी जात्रा भक्तपुरको प्रसिद्ध आठ रात नौ दिनको बिस्केट जात्रा (विस्का जात्रा) अन्तर्गत […]

विश्व निमोनिया दिवस

आज विश्व निमोनिया दिवस, नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ। विश्व स्वास्थ्य सङ्गठनले सन् २००९ देखि प्रत्येक वर्ष नोभेम्बर १२ लाई विश्व निमोनिया दिवसको रूपमा मनाउने घोषणा गरेकोे हो। यसको उद्देश्य निमोनियाबारे सर्वसाधारणलाई जानकारी प्रदान गर्नुका साथै निमोनियाबाट बच्ने उपाय, निमोनियाको रोकथाम र उपचारका उपायबारे जनचेतना फैलाउनु रहेको छ। नेपालमा पनि बालबालिकाको मृत्युको […]

शान्ति र विकासको लागि विश्व विज्ञान दिवस

१० नोभेम्बर अर्थात् शान्ति र विकासका लागि विश्व विज्ञान दिवस । वातावरणको संरक्षण गर्दै शान्ति र विकासका लागि नवीनतम विज्ञान र प्रविधिको विकास गर्ने उद्देश्यका साथ बुधबार विश्वभर यो दिवस मनाइँदैछ । शान्तिपूर्ण र दिगो समाजका लागि विज्ञानको भूमिकाबारे जनचेतना फैलाउँदै देशहरूबीच साझा विज्ञानको लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय एकता बनाउनु यस दिवसको मुख्य उद्देश्य हो […]

विश्व अटिजम सचेतना दिवस

विश्व अटिजम सचेतना दिवस (World Autism Awareness Day) हरेक वर्ष अप्रिल २ तारिखका दिन विश्वभर मनाइन्छ। यो दिवस संयुक्त राष्ट्रसंघ (UN) ले २००७ मा घोषणा गरेको थियो, जसको उद्देश्य अटिजम भएका व्यक्तिहरूप्रति समाजमा सचेतना फैलाउनु, उनीहरूको अधिकारको सम्मान गर्नु, र उनीहरूलाई समावेशी अवसर प्रदान गर्नु हो। अटिजम एक न्यूरोडेभलपमेन्टल (मस्तिष्क विकाससम्बन्धी) समस्या हो, जसले व्यक्ति विशेषको सामाजिक अन्तरक्रिया, व्यवहार, र […]