संकष्टी चतुर्थी

प्रत्येक महिना दुईवटा चतुर्थी तिथि पर्दछ । एक शुक्ल पक्षमा जसलाई विनायक चतुर्थी भनिन्छ र अर्काे कृष्ण पक्षमा जसलाई संकष्टी चतुर्थीको नामले समेत चिनिन्छ । सबै चतुर्थीहरुमा माघ महीनाको संकष्टी चतुर्थीको विशेष महत्व रहेको छ । जसलाई लोकभाषामा सकंट चौथी, माघी चर्तुथी, संकटा चौथी आदि नामले चिनिन्छ । संकष्टी चतुर्थीको अभिप्राय संकटको हरण गर्ने चतुर्थी […]

निर्जला एकादशी – तुलसीको बीज रोपण

निर्जला एकादशी हिन्दू धर्ममा मनाइने एक महत्वपूर्ण व्रत हो जुन ज्येष्ठ शुक्ल एकादशी का दिन मनाइन्छ। यस दिन विशेष गरी उपवासी रहेर भगवान विष्णुको पूजा अर्चना गरिन्छ। “निर्जला” शब्दको अर्थ “जलविहीन” अर्थात् पानी नखाने भन्ने हुन्छ, जसले यस व्रतमा भक्तजनहरूले पानी पिउन नपर्ने र सम्पूर्ण दिन उपवासी रहनुपर्ने परम्परा झल्काउँछ। निर्जला एकादशी व्रतको उद्देश्य भगवान विष्णुको आशीर्वाद प्राप्त […]

पुत्रदा एकादशी

हिन्दू धर्ममा एकादशीको व्रतले महत्त्वपूर्ण स्थान राख्दछ । प्रत्येक वर्ष चौबीस एकादशिहरू हुन्छन् । अधिकमास अथवा मलमास परेको वर्ष यो संख्या बढेर २६ हुन जान्छ । श्रावण शुक्ल एकादशीको नाम पुत्रदा एकादशी हो । यसको नाम सुन्दा मात्र वाजपेयी यज्ञको फल मिल्छ भन्ने पौराणिक कथा मा उल्लेख गरिएको छ । यसैले नेपाल तथा भारत लगायत सबै ठाउँमा बसोवास गर्ने हिन्दूहरूले पुत्रदा एकादशीलाई पर्वको रूपमा मनाउने गर्दछन् । कथा […]

संक्रान्ति

महिनाको पहिलो दिन हिन्दू धर्म परम्परा अनुसार वर्षमा १२ वटा संक्रान्ति हुन्छ । सूर्यले राशी परिवर्तन गर्ने दीनलाइ संक्रान्ति भनिन्छ ।१ वर्षमा सूर्यले १२ वटा राशीमा भ्रमण गर्दछ, सूर्यले एउटा राशीमा बीताउने समयलाइ हामी महीना भन्दछौं । सूर्यले १२ वटा राशीमा भ्रमण गरीसक्दा १ वर्ष पूरा हुन्छ। त्यस मध्य माघे संक्रान्ति र साउने संक्रान्ति बिशेश मह्त्व राख्दछ्न ।

सेतो मच्छिन्द्रनाथ जात्रा

सेतो मच्छिन्द्रनाथको रथयात्रा वर्षा र सहकालका देवता मानिने आर्याअवलोकितेश्वरको मुर्तिको रथयात्रा गरी मनाइने जात्रा हो । काठमाडौँ उपत्यकाका बृद्धबृद्धालाई दर्शन गराउन रथलाई नगर परिक्रमा गराउने चलन छ । करुणामय र आर्याअवलोकितेश्वरको नामबाट पनि चिनिने सेतो मच्छिन्द्रनाथलाई जनबहालबाट नगरपरिक्रमा गराई जमलमा बनाइएको रथमा प्रतिस्थापन गराइएपछि नगर परिक्रमा गर्ने प्रचलन छ । अन्तिम दिन लगनटोलस्थित मच्छिन्द्रनाथकी आमालाई तीन पटक परिक्रमा गराएपछि रथयात्रा […]