गोसाइकुण्डमा स्नान समाप्ति

अगिल्लो प्रतिपदा तिथिबाट सुरु भएको ७ दिने गोसाइँकुण्ड स्नान आजको यस दशमी तिथिबाट समापन भएको छ। गोसाइकुण्डमा स्नान, दान र तर्पण गर्नाले पितृहरु उद्धार भई स्वर्ग जाने, जीवनभर गरेको पापबाट मुक्ति पाउने र आफ्नो मनोकाक्षा पूरा हुने धार्मिक मान्यता छ। More on Gosaikunda

दशहरा स्नान

समुद्रमन्थनबाट प्राप्त हलाहल विषको सेवनबाट डाह भई शीतलता प्राप्त गर्न पार्वतीको माइती हिमालय पर्वतमा जान हिँडेका शिवले नीलाद्री पर्वतमा त्रिशूल रोप्दा पानीको तीनधारा बगी नीलखेतमा जम्दा गोसाइँकुण्ड उत्पत्ति भएको र शिव त्यहीँ शयन गरेको बताइन्छ । शिवलाई गोसाइँकुण्डमा शयन गरेको अवस्थामा अहिले पनि देखिने भक्तजन बताउँछन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल प्रतिपदादेखि दशमीसम्म गोसाइँकुण्ड, पाँचपोखरी, […]

च:ह्रे पूजा

वर्षमा १२ वटा चःह्रे (चतुर्दशी) हुन्छन् भने अधिक मास परेको वर्ष १३ वटा। Note: सिथि चःह्रे – सिथि नख को करिब एक हप्ता अगाडी पर्ने गर्छ।

मोहिनी एकादशी

हिन्दू पञ्चाङ्गको एघारौँ तिथिलाई एकादशी भनिन्छ। यो तिथि महिनामा दुई पल्ट पूर्णिमापछि र औंसी पछि पर्छ । पूर्णिमा पछि आउने एकादशीलाई कृष्ण पक्षको एकादशी र अमावस्या पछि आउने एकादशीलाई शुक्ल पक्षको एकादशी भनिन्छ। यी दुवै प्रकारका एकादशीहरूको हिन्दू सनातन सम्प्रदायमा धेरै महत्त्व छ । यस्तै बैशाख महिनाको शुक्लपक्षको एकादशीलाई मोहिनी एकादशी भन्दछन् । यस्तो विश्वास गरिन्छ कि यो तिथी नै सबै पापहरूलाई मेटाउने तथा उत्तम तिथी हो । यस […]

बरूथिनी एकादशी

वैशाख कृष्ण पक्षको एकादशीलाई वरुथिनी एकादशी भनिन्छ । वरुथिनी (बरूधिनी) एकादशीको महिमा स्वयम भगवान श्री कृष्णले यूधीष्ठिरको जिज्ञाषा सुनेपछि बताउनु भएको हो । कुरुक्षेत्रमा सुर्यग्रहणको बेला सुवर्ण दान गर्दा कमाउने पुण्य बराबर वरुथिनी एकादशीको व्रत बस्नाले कमाइन्छ भन्ने धार्मिक मान्यता रहेको छ ।  त्यस्तै वरूथिनी एकादशीको व्रतको प्रभावले सर्वत्र सुख शान्ति हुनुको साथै समस्त पापको […]