कामदा एकादशी

कामदा एकादशी चैत्र शुक्ल पक्षको एक एकादशी हो । काम – आफ्नो इच्छित वस्तुलाई ,दा भनेको दिने बाली लाई कामदा एकादशी भनिएको हो । कामदा एकादशी व्रत कथा पुराणहरूमा कामदा एकादशीका प्रसङ्गमा एउटा कथा प्राप्त हुन्छ । प्राचीनकालमा भोगीपुर नामक एउटा नगर थियो । त्यहाँ अनेक ऐश्वर्यले युक्त पुण्डरीक नामको एउटा राजा राज्य गर्थ्यो । भोगीपुर नगरमा अनेक अप्सरा, किन्नर […]

प्रदोष व्रत

प्रदोष व्रत: भगवान शिवको कृपा प्राप्त गर्ने पवित्र उपवास प्रदोष व्रत हिन्दू धर्ममा भगवान शिवको विशेष उपासना को लागि गरिने एक महत्वपूर्ण उपवास हो। यो व्रत प्रत्येक महिनाको त्रयोदशी तिथिको साँझ (प्रदोष काल) मा गरिन्छ। प्रदोष व्रतले भक्तजनहरूलाई सुख, शान्ति, आरोग्यता, र मोक्ष प्रदान गर्ने विश्वास गरिन्छ। प्रदोष व्रत के हो? • “प्रदोष” भन्नाले साँझको विशेष समय (सूर्यास्त अघि र पछि १.५ […]

रवि सप्तमी व्रत

आइतबार अर्थात् सूर्यको बार, सूर्यलाई रवि पनि भनिन्छ । यसअर्थमा रविबार परेको सप्तमीलाई रवि सप्तमी भनिन्छ । यो दिन व्रत बस्ने र उपासना गर्ने चलन हुन्छ । रविबारको सप्तमीलाई दुर्लभ मानिन्छ । यस्तो संयोग परेको दिन भगवान् सूर्य नारायणको पूजा, अर्चना व्रत आदि गरिन्छ । नवग्रह तथा देवताहरूका पनि बन्दनीय सूर्य भगवान् सम्पूर्ण जगतलाई आफ्नो […]

विजया एकादशी

हिन्दू पञ्चाङ्गको एघारौँ तिथिलाई एकादशी भनिन्छ । यो तिथि महिनामा दुई पल्ट आउँछ । पूर्णिमापछि र औंसी पछि। पूर्णिमापछि आउने एकादशीलाई कृष्ण पक्षको एकादशी र अमावस्यापछि आउने एकादशीलाई शुक्ल पक्षको एकादशी भनिन्छ । यी दुवै प्रकारका एकादशीहरूको हिन्दू सनातन सम्प्रदायमा धेरै महत्त्व छ । फाल्गुण महिनाको कृष्ण पक्षको एकादशीलाई विजया एकादशी भनिन्छ । विजय प्रदान गर्ने भएकाले फाल्गुण कृष्ण पक्ष एकादशीलाई विजया एकादशी भनिन्छ । भयंकर शत्रुहरूबाट घेरिएको अवस्थामा र […]

राम नवमी

राम नवमी हिन्दू धर्मावलम्बीहरूको एक पर्व हो । यो पर्व चैत्र महिनाको शुक्ल पक्षको नवमी तिथीका दिन मनाइने गरिन्छ । प्रख्यात हिन्दू धर्म ग्रन्थ रामायणका अनुसार यो दिनलाई भगवान् श्री राम चन्द्रको जन्म दिनको रूपमा लिइन्छ । यो पर्व चैत्र नवरात्रको विचमा आउने भएकाले यो दिन भगवान् श्री राम का साथै आद्य शक्ति नव दुर्गा देवीको पनि पूजा हुन्छ । त्रेता युगमा चैत्र […]