पासाङ ल्हामु शेर्पा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न्या प्रथम नेपाली महिला हुन्। उनले २०५० साल बैशाख १० गते सगरमाथाको सफल आरोहण गर्याकी थिईन्। त्यो भन्दा पहिले उनको सगरमाथा चढ्ने प्रयास तीन पटक सम्मको असफल भयाको थियो। उनले सगरमाथाको दक्षिणी मोहडाबाट आरोहण गर्याकी थिईन्। सगरमाथाको शिखरबाट श्रीमान् सोनाम छिरिङसँग फर्कदै गर्दा उनको मृत्यु भयो। सगरमाथा चढ्नु भन्दा पहिले उनले […]
Category Archives: National
गौरापर्व
गौरा सुदूर पश्चिम क्षेत्रको महत्त्वपूर्ण धार्मिक एवं साँस्कृतिक पर्व हो। गौरा पर्व विशेष गरेर डोटी र कुमाउँमा परापूर्व कालदेखि नै मनाउँदै आएको पर्व हो। गौरा पर्व भाद्र कृष्णको षष्ठीदेखि अष्टमीसम्म विभिन्न कार्यक्रमहरूको आयोजना गरेर मनाइन्छ। गौरा पर्वको पहिलो दिन गौरापर्व मनाउने समुदायका महिलाहरूले निराहार रही आ-आफ्नो घरमा तामा वा पित्तलको भाँडोमा ‘बिरुडा’ अर्थात् पाँचथरीका गेडागुडी […]
कानून दिवस
२००९ साल वैसाख २६ गते प्रधान न्यायालय ऐन २००८ मा लालमोहर लागेर लागु भएको दिनको स्मरण गर्दै प्रत्येक वर्ष कानून दिवश मनाउने गरिन्छ । यो प्रधान न्यायालय नै २०१३ सालबाट सर्वोच्च अदालत ऐन आएपछि आजको सर्वोच्च अदालतको रुपमा रुपान्तरित भएको हो । कार्यपालिका र व्यवस्थापिकाबाट न्यायपालिकालाई अलग गरेर प्रधानन्यायलयको स्थापना भएको दिन भएकाले आजको दिनलाई […]
लोकतन्त्र दिवस
नेपालमा लोकतन्त्र दिवस जनआन्दोलन २०६२-६३ सफल भएर राजाको प्रत्यक्ष शासन अन्त्य भई लोकतन्त्रको पुनर्स्थापना भएको सम्झनामा हरेक बैशाख ११ गते मनाइन्छ। विक्रम संवत् २०६२/६३ को दोस्रो जनआन्दोलन सफल भई २०६३ वैशाख ११ गते नेपालमा लोकतन्त्र स्थापना भएको थियो । ज्ञानेन्द्रले २०५९ जेठ ८ गते विघटित संसद २०६३ वैशाख ११ गते पुनःस्थापना गरेका थिए । नारायणहिटी दरवार हत्याकाण्डपछि राजा बनेका ज्ञानेन्द्र शाहले इच्छा […]
मातातीर्थ औंसी
आज मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन । जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै मनाइँदैछ । आमाप्रति श्रद्धाभाव प्रकट गर्ने यो पर्व प्रत्येक वर्षको वैशाख कृष्ण औँसीका दिन मनाइन्छ । मातातीर्थ औंसीका दिन जीवित आमालाई खान–लाउन दिएर सम्मान गरिन्छ भने दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्ड दान र श्राद्ध गरी सम्झना गरिन्छ […]