पौराणिक शास्त्रहरूका अनुसार ललिता देवी माता सती पार्वतीको एक रूप हुन्। यो पर्व नेपाल भारतका विभिन्न भागमा मनाइन्छ। जनमानसमा यसलाई ‘उपांग ललिता व्रत’ नामको पर्वको रूपमा थाहा पाइन्छ। कालिका पुराणको अनुसार देवी ललिताको दुई भुजाहरू छन्। यो माता गौर वर्णका हुन्छन् र रक्तिमकमलमा विराजित हुन्छन्। दक्षिणमार्गी शाक्तहरूको मतमा देवी ललिता ‘चंडी’ को स्थान प्राप्त गर्छिन्। […]
Category Archives: National
राष्ट्रिय कृषक दिवस
देशभरका कृषकहरुको सम्मानको लागि मनाइने यो दिवसका दिन देशभित्रका कृषि पेसा र सेवामा लागेका कृषकको प्रोत्साहन र सम्मानको लागि विभिन्न कार्यक्रमको आयोजना गर्ने गरिन्छ । राष्ट्रिय कृषक महासंघ नेपालले ‘‘मानवीय विकासको मुख्य आधार कृषक समुदायको विकास गरी समग्र समाजको विकासमा सहयोगी बनौँ’’ भन्ने नारासहित हरेक वर्ष जेष्ठ २७ को दिन देशभरका कृषकहरुको सम्मानको लागि राष्ट्रिय […]
राष्ट्रिय चिया दिवस
केही वर्ष यतादेखि देशले वैशाख १५ गते राष्ट्रिय चिया दिवस मनाउँदै आएको छ। चिया दिवस मनाउँदै गर्दा पनि हामीले चिया आयात गरिरहेका छौँ भनेर बिर्सिनु हुँदैन। त्यसो त हाम्रो चिया उत्पादनको उर्बर क्षेत्र पूर्वी इलाम, झापा हुन्। चियाको अन्तर्राष्ट्रिय परिवेशहिजोआज चियालाई बढी उपभोगको पेय पदार्थ र सभ्यताको रुपमा लिइन्छ। सायद सबैले प्रयोग गर्ने पानीपछिको पेय […]
इन्द्रध्वज उत्थान
हनुमानढोका दरबार परिसरमा विधिपूर्वक इन्द्रजात्राको लिङ्गो, इन्द्रध्वज ठड्याइँदैछ । इन्द्रध्वज उत्थान गरेपछि वर्षा र सहकालका देवता इन्द्रको सम्मानमा इन्द्रजात्रा शुरु हुन्छ । भाद्रशुक्लपक्षको द्वादशीदेखि शुरुहुने इन्द्रजात्रा आश्विनकृष्णपक्षको चतुदर्शीसम्म मनाइन्छ । परम्पराअनुसार काभ्रेको नालास्थित वनमा तान्त्रिक विधिले मन्तरेर छाडिएको बोकाले छोएको रुख ढालेर लिङ्गो बनाई काठमाडौं ल्याइन्छ । काभ्रेदेखि काठमाडौसम्म सडकमा लिङ्गो तानेर हनुमानढोका ल्याइपुर्याइन्छ । […]
किराँत समाज सुधार दिवस
विसं १९८८ वैशाख २४ गते पाँचथरको लोब्रेचौरमा १६ औँ राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द को सक्रियतामा किराँत धर्ममा सुधारका सात बुँदामा ‘सत्यधर्म मुचुल्का’ जारी गरिएको थियो । त्यही सम्झनामा प्रत्येक वर्ष वैशाख २४ गते देशभरका किराँत धर्मावलम्बीले समाज सुधार दिवस मनाउने गरेको विश्व ज्योतिष महासङ्घको उपाध्यक्षसमेत रहनुभएका किराँत धर्मगुरु चन्द्रकुमार शेर्माले जानकारी दिए। मुचुल्कामा किराँत मन्दिरमा रक्तबलि दिएर […]