मदन आश्रित स्मृति दिवस

आजकै दिन २०५० जेठ ३ गते तत्कालिन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको दासढुङ्गामा भएको जीप दुर्घटनामा निधन भएको थियो । यो दिवस हरेक वर्ष नेकपाले नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय मृत्यु भएको दिनको सम्झनामा विभिन्न कार्यक्रम गरी मनाउँदै आएको छ । […]

राष्ट्रिय सहकारी दिवस

राष्ट्रिय सहकारी दिवस नेपालमा प्रत्येक वर्ष चैत २० मा मनाइन्छ ।  पहिलो सहकारी स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष चैत २० गते राष्ट्रिय सहकारी दिवस मनाईन्छ । नेपालको पहिलो सहकारी संस्था बखान सहकारी संस्था हो । सो संस्था २०१३ साल चैत २० मा चितवनमा स्थापना भएको थियो । हाल देशभर ३४ हजार ५१२ सहकारी संस्था छन् । […]

राष्ट्रिय मगर दिवस

मगर संघको प्रथम महाधिवेशन भएको २०३९ फागुन १५ लाई नै हामीले मगर दिवस तथा मगर संघको स्थापना दिवसको रुपमा मनाउँदै आएका छौं । मगरहरुले हरेक फागुन १५ लाई मगर दिवसको रुपमा मनाउँदै आएका छौं । माथि चर्चा गरिएजस्तै नेपाल मगर संघको प्रथम महाधिवेशन भएको मितिलाई नै मगर दिवस मानिन्छ । २०३९ मा मगर संघको पहिलो […]

प्रजातन्त्र दिवस

नेपालमा २००७ फागुन ७ गते अर्थात् आजको दिन तत्कालिन जहानिया राणा शासनको अन्त्य भई प्रजातन्त्रको स्थापना भएको सम्झनामा देशभर राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँछ । विशेष गरी प्रजातन्त्र स्थापनाका लागि भएको सङ्घर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा बलिदानी दिएका थिए । प्रजा परिषद नामक राजनीतिक दल भूमिगत रूपमा स्थापना […]

राष्ट्रिय सहिद दिवस

सहिद दिवस देशका लागि प्राण आहुति दिने सहिदहरूको सम्झना गरिने दिन हो। नेपालमा माघ १६ गतेलाई सहिद दिवसको रूपमा मनाइन्छ। राणा शासन बिरूद्ध लडेका सहिदहरूको सम्झनामा सहिद दिवस मनाउन थालिएको हो। यस दिन सहिद धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री लगायतका सहिदहरूको सम्झना गरिन्छ । नेपालको पहिलो सहिद भनेर लखन थापालाई लिइने गरिन्छ। नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहानिया राणा शासन, निरङ्कुश […]