चेपाङ छोनाम (न्वागी) पर्व

आज चेपाङ समुदायले छोनाम (न्वागी) पर्व। सो समुदायको प्रमुख धार्मिक पर्वका रूपमा मनाइने छोनाम अर्थात् न्वागी पर्व हरेक वर्ष भदौ २२ गते पर्दछ। भदौमा नयाँ अन्नबाली, फलफूल पाकेपछि यसको पूजा गर्ने गरिन्छ । आजको दिन घैया धानको चामल, पिँडालु, निबुवा आदिले भूमिलाई पूजा गरी पितृलाई चढाउने गरिन्छ । चेपाङ समुदायमा नयाँ अन्न र फलफूल पितृलाई […]

निजामती कर्मचारी दिवस

२०१३ साल भदौ २२ गते तत्कालिन प्रधानमन्त्री टंक प्रसाद आचार्यले निजामती ऐन ल्याएको दिन पारि निजामती सेवा दिवस मनाउन थालिएको हो। निजामती सेवा ऐन जारी भएको दिनको अवसर पारेर हरेक वर्ष भदौ २२ गतेलाई निजामती सेवा दिवसको रुपमा मनाउने गरिएको छ । वि.सं. २०६१ सालदेखि  औपचारिक कार्यक्रम गरी यो दिवस मनाउन थालीयको हो । निजामती […]

राष्ट्रिय झण्डा दिवस

सन १९६२ डिसेम्बर १६ अर्थात् बि.स २०१९ पुस १ गतेको दिन नेपालको राष्ट्रिय झण्डालाई संयुक्त राष्ट्र संघमा अंगिकृत गरिएको थियो । सोही दिनको सम्झनामा प्रतिष्ठानले २०७५ पुष १ गते देखि राष्ट्रिय झण्डा दिवसको रुपमा मनाउँदै आएको छ । राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले हरेक वर्ष मनाउँदै आएको छ ।

सोह्र श्राद्ध

तिथिको हिसाबमा आश्विन कृष्ण पक्षलाई पितृपक्ष वा सामान्य बोलीचालीको भाषामा सोह्र श्राद्ध भनिन्छ। एक पक्षमा १५ तिथि हुने भए पनि भाद्र शुक्लपूर्णिमादेखि आश्विन औँसी जमरा राख्नुपूर्वसम्मका १६ तिथिमा श्राद्ध गरिने भएकाले यस समयमा गरिने श्राद्धलाई सोह्र श्राद्ध भनिएको हो। कसैकसैले सोह्र दिनको गणना गर्दा आश्विन कृष्णपक्ष प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदा मातामह श्राद्धसम्मका सोह्र दिनलाई लिने […]

जनयुद्ध दिवस

१ फागुन । आज माओवादीले सशस्त्र युद्धको सुरुआत गरेको दिन । आजको दिनलाई जनयुद्ध दिवसका रुपमा मनाइँदैछ । माओवादीले नेपालमा सशस्त्र विद्रोह २०५२ फागुन १ गतेदेखि सुरु गरेको थियो ।