
देशभरका कृषकहरुको सम्मानको लागि मनाइने यो दिवसका दिन देशभित्रका कृषि पेसा र सेवामा लागेका कृषकको प्रोत्साहन र सम्मानको लागि विभिन्न कार्यक्रमको आयोजना गर्ने गरिन्छ ।
राष्ट्रिय कृषक महासंघ नेपालले ‘‘मानवीय विकासको मुख्य आधार कृषक समुदायको विकास गरी समग्र समाजको विकासमा सहयोगी बनौँ’’ भन्ने नारासहित हरेक वर्ष जेष्ठ २७ को दिन देशभरका कृषकहरुको सम्मानको लागि राष्ट्रिय कृषक दिवस मनाइने गरिन्छ। विसं २०७० साल देखि प्रत्येक वर्ष महासंघ अन्तर्गतको कृषक सेवा समितिले दिवस मनाउँदै आएको छ ।सरकारले २०८१ देखि ०९१ को अवधिलाई कृषिमा लगानी दशकसमेत घोषणा गरेको छ ।

दिवसको अवसर पारेर देशभरका कृषि क्षेत्रमा लागेका उत्कृष्ट कृषकहरुलाई सम्मान गर्ने गरिन्छ भने आधुनिक र विकसित कृषि प्रणालीबारे सचेतना दिने कार्यक्रमहरुको आयोजना पनि गरिन्छ ।
राष्ट्रिय कृषक महासंघ नेपाल राष्ट्रिय कृषक दिवस व्यवस्थापन समितिले विशेषगरी खाद्यान्न उत्पादन गरी मानव लगायतका प्रााणीको जीवन रक्षामा लागेका कृषि कर्मीलाई समय सापेक्ष कृषि प्रणालीको ज्ञान र सीप सिकाएर व्यवसायीक बनाउनुपर्नेमा जोड दिएको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार नेपालमा हाल ५० दशमलव १ प्रतिशत जनसंखया कृषिमा पेसामा आश्रित छन् ।