देवपाटनमा त्रिशूलजात्रा

काठमाडौँको पशुपति क्षेत्रस्थित देवपाटनमा हरेक वर्ष आषाढ कृष्णपक्ष भलभल अष्टमीका दिन त्रिशूल जात्रा मनाइन्छ। यो जात्राको ऐतिहासिक पृष्ठभूमि तान्त्रिक परम्परा र लोककथासँग जोडिएको छ। किंवदंती अनुसार, प्राचीन कालमा नागार्जुन पहाडबाट आउने राक्षसहरूले देवपाटनका बालबालिकालाई मारेर खाने गर्दथे। यस समस्याबाट मुक्ति पाउन तान्त्रिक भूमि आचाजुले राक्षसका बालबालिकालाई तन्त्रशक्तिले मारी त्रिशूलमा रोपेर नगर परिक्रमा गराएका थिए। त्यसैको […]

भलभल अष्टमी

नेपालको ऐतिहासिक एवं सांस्कृतिक सहर भक्तपुरमा ‘भलभल अष्टमी’ लाई नवदुर्गा गणको देहावसान हुने अर्थात् अन्त्येष्टिको दिनका रूपमा विशेष महत्वका साथ मनाइन्छ। यस दिन आठ महिनासम्म नगरका विभिन्न टोल तथा उपत्यकाका अन्य स्थानमा नाच प्रदर्शन गर्ने नवदुर्गा देवगणको विसर्जन गरिन्छ। धार्मिक विश्वास अनुसार, भलभल अष्टमीको रातमा नवदुर्गाले प्रयोग गर्ने मुकुटहरूलाई तान्त्रिक विधिपूर्वक ब्रह्मायणी पीठको परिसरमा जलाएर […]

भूमि पूजा (भुमे पर्व)

मगर समुदायले भूमिको पूजा गर्दै मनाउने पर्व हो भूमि पूजा। वर्षातमा बाढी पहिरोजस्ता प्राकृतिक विपत्ति नहोस् भन्ने कामना गर्दै पूजा गर्ने चलन छ । खाद्यान्न बालीमा प्राकृतिक प्रकोप तथा दैवी विपत्ति नहोस् भनेर परम्परादेखि नै  मगर समुदायले यो पूजा गर्दै आएका छन् । यसलाई भुमे पूजा पनि भन्ने चलन छ । मगर समुदायले असारमा रोपाई सुरु गर्नु अगावै […]

मत्स्यनारायाण मेला

मत्स्यनारायण मेला काठमाडौँ जिल्ला, चन्द्रागिरि नगरपालिका वडा नम्बर ९ को मच्छेगाउँ (मत्स्यगाउँ) मा लाग्छ । हरेक पुरुषोत्तम मास वा अधिक मासमा यहाँको मच्छेनारायण मन्दिरमा एक महिना लामो मेला लाग्छ। एक महिना भरी मेला लाग्ने हुँदा यसलाई एक महिने मलमास मेला पनि भनिन्छ । काठमाडौँ उपत्यका वरपर र देशै भरिका लाखौं भक्तजनहरुको घुइँचो यो महिना लाग्ने गर्दछ । मेला […]

साँखु जात्रा

साँखु जात्रा काठमाडौँ उपत्यकाको अर्को प्रमुख सांस्कृतिक पर्व हो। यो जात्रा विशेषगरी साँखुस्थित बज्रयोगिनी मन्दिरसँग सम्बन्धित छ। वैशाख पूर्णिमाका दिन बज्रयोगिनी देवीको मूर्ति रथमा राखी नगर परिक्रमा गरिन्छ। साँखुमा बज्रयोगिनी जात्रा मूलत चैतेदसैंको दिनदेखि जात्रा सुरु भएको संकेतस्वरूप नाय्खीं बाजा बजाएर नगर परिक्रममा गरेर खबर गर्ने गरिन्छ । हरेक बर्ष जात्रा चैत्र शुल्क पूर्णिमादेखि वैशाख […]