नेपालमा हरेक वर्ष वैशाख २ गते लाई ‘ललितकला दिवस’ को रूपमा विशेष उत्साहका साथ मनाइन्छ। यो दिन नेपाली कलाकारहरूको छाता संगठन नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान (NAFA) को स्थापना भएको ऐतिहासिक अवसर पनि हो। ललितकलाको महत्त्व र प्रज्ञा-प्रतिष्ठान: नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान नेपाली कलाकार, कला अनुसन्धानकर्ता र समालोचकहरूको एउटा साझा मञ्च हो। यसले नेपाली परम्परागत कला, समसामयिक चित्रकला, मूर्तिकला, वास्तुकला, लोककला र हस्तकलाको […]
Author Archives: smartpatro
मत्स्यनारायाण मेला
मत्स्यनारायण मेला काठमाडौँ जिल्ला, चन्द्रागिरि नगरपालिका वडा नम्बर ९ को मच्छेगाउँ (मत्स्यगाउँ) मा लाग्छ । हरेक पुरुषोत्तम मास वा अधिक मासमा यहाँको मच्छेनारायण मन्दिरमा एक महिना लामो मेला लाग्छ। एक महिना भरी मेला लाग्ने हुँदा यसलाई एक महिने मलमास मेला पनि भनिन्छ । काठमाडौँ उपत्यका वरपर र देशै भरिका लाखौं भक्तजनहरुको घुइँचो यो महिना लाग्ने गर्दछ । मेला […]
साँखु जात्रा
साँखु जात्रा काठमाडौँ उपत्यकाको अर्को प्रमुख सांस्कृतिक पर्व हो। यो जात्रा विशेषगरी साँखुस्थित बज्रयोगिनी मन्दिरसँग सम्बन्धित छ। वैशाख पूर्णिमाका दिन बज्रयोगिनी देवीको मूर्ति रथमा राखी नगर परिक्रमा गरिन्छ। साँखुमा बज्रयोगिनी जात्रा मूलत चैतेदसैंको दिनदेखि जात्रा सुरु भएको संकेतस्वरूप नाय्खीं बाजा बजाएर नगर परिक्रममा गरेर खबर गर्ने गरिन्छ । हरेक बर्ष जात्रा चैत्र शुल्क पूर्णिमादेखि वैशाख […]
खायु संल्हु
बैशाख ०१ – खाइ संल्हु / खायुसंल्हु (मेष संक्रान्ती – तिते संक्रान्ती) हरेक वर्ष बैशाख ०१ गतेको दिनलाई नेवा: समुदायले खाइ संल्हु अर्थात् तिते संक्रान्तीको रुपमा मनाउने गर्दछन्। यस दिनमा तितो क्वाति पकाएर खाने गरिन्छ। ठाउँ अनुसार विभिन्न अन्न तथा खानेकुरा जस्तै मूला सुकाएर बनाएको सिन्की, सुकाएको कर्कलो, मूलाको बीउ आदिसँग विभिन्न गेडागुडी मिसाएर तितो […]
काठमाडौं चम्पादेवी मेला
वैशाख १ गते नयाँ वर्षको दिन चम्पादेवी मन्दिरमा मेला लाग्छ । स्थानीय जनक तामाङका अनुसार मेलामा दक्षिणकाली, टौदह, किर्तिपुर, पागालगायत राजधानीका तीनै शहरबाट हरेक बर्ष ४० हजार दर्शनार्थी पुग्छन् । उत्सवको रौनक मेलाका दिन बिहानैदेखि भक्तजनहरूको लर्को लाग्न थाल्छ। हजारौं श्रद्धालुहरू खोकना, फार्पिङ र काठमाडौंका विभिन्न ठाउँबाट पैदल हिँडेर चम्पादेवी मन्दिर पुग्छन्। बाटोभरि भजन-कीर्तन, ढोल-नगाराको […]