हिन्दू धर्मशास्त्रहरूमा अधिक मास (मलमास) को विशेष महत्त्व छ। यसै महिनाको कृष्ण पक्षमा पर्ने एकादशीलाई ‘परमा एकादशी’ वा ‘हरिवल्लभा’भनिन्छ। भगवान् श्री कृष्णले अर्जुनलाई यस व्रतको महिमा सुनाउँदै यसलाई दुःख र दरिद्रता नास गर्ने उत्तम उपायको रूपमा वर्णन गर्नुभएको छ। सुमेधा ब्राह्मण र उनको दरिद्रताको कथा पौराणिक कालमा काम्पिल्य नगरीमा सुमेधा नामक एक अत्यन्त धर्मात्मा ब्राह्मण र उनकी पतिव्रता पत्नी बसोबास गर्दथे। उनीहरू […]
Author Archives: smartpatro
विश्व साइकल दिवस
विश्वभर हरेक वर्षको जुन ३ तारिखलाई ‘विश्व साइकल दिवस’ (World Bicycle Day) का रूपमा मनाइन्छ। संयुक्त राष्ट्र संघले सन् २०१८ देखि साइकलको बहुमुखी विशेषता र यसको दिगोपनलाई कदर गर्दै यो दिवस मनाउने घोषणा गरेको हो। साइकल एक साधारण, किफायती, भरपर्दो र वातावरणमैत्री यातायातको साधन हो जसले दुई शताब्दीदेखि मानिसको सेवा गर्दै आएको छ। विशेष गरी सहरी क्षेत्रमा बढ्दो सवारी […]
वज्र गुरु पद्मसम्भव जयन्ती
वज्र गुरु पद्मसम्भव जयन्ती बौद्ध धर्मावलम्बीहरूका लागि अत्यन्त महत्वपूर्ण धार्मिक दिवस हो। यो दिन महान बौद्ध गुरु पद्मसम्भव (गुरु रिन्पोछे) को जन्म स्मरणमा श्रद्धापूर्वक मनाइन्छ। उहाँलाई वज्रयान बौद्ध धर्मका महान आचार्य तथा तिब्बती बौद्ध धर्मका प्रवर्द्धकका रूपमा सम्मान गरिन्छ। परम्परा अनुसार गुरु पद्मसम्भवको जन्म जेठ शुक्ल दशमीका दिन भएको मानिन्छ, त्यसैले हरेक वर्ष यही तिथिमा वज्र गुरु पद्मसम्भव जयन्ती मनाउने […]
युगकवि सिद्धिचरण श्रेष्ठ जयन्ती
वि.सं १९६९ साल जेठ ९ गते युगकवि श्रेष्ठको जन्म ओखलढुंगामा भएको थियो । सिद्धिचरण श्रेष्ठ नेपाली साहित्यमा युगकवि र नेपाल भाषामा कविरत्नका रूपमा चिनिन्छन् हरेक वर्ष जेष्ठ शुक्ल पञ्चमीका दिनमा युगकवि सिद्धिचरण श्रेष्ठको जन्म जयन्ती मनाउने गरिन्छ । सिद्धिचरणको मेरो प्यारो ओखलढुगां कविता त झन जन्मस्थल छाडेर बेग्लै कर्मस्थलमा आइपुगेका नेपालीहरूको जन्मस्थलको एउटा थेगो गान […]
माहिला ज्योतिस संघ स्थापना दिवस
राष्ट्रिय महिला ज्योतिष सङ्घको स्थापना दिवस हरेक वर्ष वैशाख २८ गते मनाइन्छ । नेपालका महिला ज्योतिषहरूको हक, अधिकार र सङ्गठनात्मक विकासका लागि स्थापित यस सङ्घले ज्योतिष शास्त्रमा महिलाहरूको सहभागिता र क्षमता अभिवृद्धिलाई प्रोत्साहन गर्ने उद्देश्य राखेको छ। सङ्घको स्थापना वि.सं २०६८ वैशाख २८ भयको हो ।