राष्ट्रिय झण्डा दिवस

सन १९६२ डिसेम्बर १६ अर्थात् बि.स २०१९ पुस १ गतेको दिन नेपालको राष्ट्रिय झण्डालाई संयुक्त राष्ट्र संघमा अंगिकृत गरिएको थियो । सोही दिनको सम्झनामा प्रतिष्ठानले २०७५ पुष १ गते देखि राष्ट्रिय झण्डा दिवसको रुपमा मनाउँदै आएको छ । राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले हरेक वर्ष मनाउँदै आएको छ ।

उधौली पर्व

प्रकृति पुजारी किराँत समुदायको दोस्रो महत्त्वपूर्ण चाड उधौली देशभर हर्षोल्लासका साथ मनाउछ । हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनदेखि सुरु हुने उधौली चाड मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्न तथा अन्नबाली भित्र्याइएको खुशियालीमा मनाउने गरिन्छ । किराँत राईहरुको दोस्रो महान् चाड उधौलीमा अन्नबाली भित्र्याउनुअघि प्रकृति र पितृको पूजा गर्ने चलन […]

गुरु नानक जयन्ती

प्रत्येक वर्ष कात्तिक शुक्ल पूर्णिमाका दिन पवित्र स्थल गुरुद्वारामा विशेष पूजा अर्चना गर्दै विभिन्न धार्मिक एवं सामाजिक कार्यक्रम गरी गुरु नानकको जन्मजयन्ती मनाउने गरिन्छ। गुरु नानकको जन्म वि.सं. १५२६ कात्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पन्जाब प्रान्तमा भएको थियो। उनले शिख धर्म ग्रन्थ ‘गुरु गन्थ साहेब’ को रचना गरेका हुन्। जातिवादको अन्त्य गरी मानवतावादी दर्शनको शुरुवात् […]

सोह्र श्राद्ध

तिथिको हिसाबमा आश्विन कृष्ण पक्षलाई पितृपक्ष वा सामान्य बोलीचालीको भाषामा सोह्र श्राद्ध भनिन्छ। एक पक्षमा १५ तिथि हुने भए पनि भाद्र शुक्लपूर्णिमादेखि आश्विन औँसी जमरा राख्नुपूर्वसम्मका १६ तिथिमा श्राद्ध गरिने भएकाले यस समयमा गरिने श्राद्धलाई सोह्र श्राद्ध भनिएको हो। कसैकसैले सोह्र दिनको गणना गर्दा आश्विन कृष्णपक्ष प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदा मातामह श्राद्धसम्मका सोह्र दिनलाई लिने […]

विश्व परमाणु हतियार निर्मुल दिवस

अन्तर्राष्ट्रिय परमाणु हतियार निर्मुल दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाईँदैछ। संयुक्त राष्ट्र संघको आह्वानमा यो दिवस हरेक वर्ष सेप्टेम्बर २६ का दिन मनाउने गरिएको छ।  विश्वलाई परमाणु हतियार मुक्त गर्ने संयुक्त राष्ट्र संघको पुरानो उद्देश्य हो। सन् १९४६ मा बसेको संयुक्त राष्ट्र संघको महासभामा संसारबाट परमाणु हतियार निर्मुल पार्ने संकल्प गरिएको थियो। संयुक्त राष्ट्र संघको […]