प्रत्येक वर्ष वैशाख शुक्ल सप्तमीका दिन मनाइने गङ्गा उत्पत्ति पर्व आज विभिन्न नदीमा विधिपूर्वक पूजा आराधना गरी मनाइन्छ । द्वापरयुगमा कपिलमुनिको श्रापबाट राजा सगरका ६० हजार छोरा भष्म भएपछि उहाँका सन्तति भगीरथले पितृ मुक्तिका लागि वर्षौँ तपस्या गरी स्वर्गबाट गङ्गालाई पृथ्वीमा अवतरण गराएको प्रसङ्ग विभिन्न पुराणमा वर्णन गरिएको छ । वैशाख शुक्ल सप्तमीका दिन स्वर्गबाट […]
Category Archives: Festival
पशुपतिनाथमा दमन पुष्पार्पण
काठमाडौं उपत्यकाको हृदयस्थलमा अवस्थित पशुपतिनाथ मन्दिर हिन्दू धर्मावलम्बीहरूको गहिरो श्रद्धा र आस्थाको केन्द्र हो। यस पवित्र स्थलमा वर्षभरि विविध धार्मिक अनुष्ठान र पर्वहरू मनाइन्छन्, जसमा एक विशेष र सुगन्धित उत्सव हो दमन पुष्पार्पण। दमन पुष्पको धार्मिक महत्त्व दमन (Leucas indica) एक वनस्पति हो। नेपाली परम्परामा यसलाई पवित्र फूलको रूपमा लिइन्छ, जसले शरीर र आत्मालाई शुद्ध बनाउने विश्वास गरिन्छ। […]
जुडशीतल (सिरुवा पर्व)
नयाँ वर्षको अवसरमा प्रत्येक वर्ष २ वैशाखमा यो पर्व मनाइन्छ । शिरुवा पर्व नेपालका थारू समुदायमा मनाइने एक पर्व हो । यो पर्व थारूहरूकै मात्र नभई अन्य समुदायहरुको पनि ठूलो पर्व हो। यो पर्व नयाँ वर्षको खुसीयालीमा मनाइन्छ। शिरुवा पर्वको शाब्दिक अर्थ-शीर्षस्थ अर्थात् वर्षको सबै भन्दा पहिलो पर्व, शुरुको पर्व हुन्छ। वर्षको सबैभन्दा पहिले हुने हुनाले थारू भाषामा शिरुवा पर्व […]
टोखा चण्डेश्वरी जात्रा, साँखु जात्रा र मध्यपुर ठिमी बालकुमारी जात्रा
नेपाल संस्कृतिको धनी देश हो, जहाँ विविध जात्रा र पर्वहरू मनाइन्छन्। विशेषगरी उपत्यकाका जात्राहरू धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेका हुन्छन्। यस लेखमा हामी भक्तपुर महाकाली महालक्ष्मी जात्रा, टोखा चण्डेश्वरी जात्रा, साँखु जात्रा र मध्यपुर ठिमी बालकुमारी जात्राबारे चर्चा गर्नेछौं। भक्तपुर महाकाली महालक्ष्मी जात्रा भक्तपुरको प्रसिद्ध आठ रात नौ दिनको बिस्केट जात्रा (विस्का जात्रा) अन्तर्गत […]
हरिसिद्धिमा त्रिशक्ति भवानीको जात्रा शुरु
ललितपुरको हरिसिद्धिमा त्रिशक्ति भवानीको जात्रा शुरु भएको छ । हरेक वर्ष होली पूर्णिमा दिन हरिसिद्धिमा भवानीको जात्रा हुने गर्दछ । त्रिशक्तिभवानीको जात्राको क्रममा २९ जना देवदेवी सम्मिलित तान्त्रिक जलनाच दिनभर देखाइने चलन छ ।