राष्ट्रिय बाल दिवस

यो दिवस भदौ महिनाको २९ गते मनाइन्छ। वि.स.२०६३ साल भन्दा अघि बाल दिवस भाद्र ४ गते मनाईने गरिन्थ्यो भने हाल भाद्र २९ मा मनाईन्छ। राष्ट्रिय बाल दिवसको प्रारम्भ विसं २०२१ सालको भाद्र ४ गतेदेखि मनाउन शुरु गरिएको राष्ट्रिय बालदिवस २०६३ सालमा आएर भाद्र २९ गते मनाउन सुरु गरियो । इतिहासलाई फर्केर हेर्दा नेपालमा बालदिवसमा रत्नराज्य लक्ष्मीदेवी शाहले भारत […]

जितिया पर्व

जितीया नेपालमा बसोबास गर्ने मूलतः थारू समुदायले मनाउने प्रमुख चाड हो ।यो चाड भाद्र शुक्ल चतुर्दशी देखि आश्विन शुक्ल नवमीसम्म मनाइन्छ। जितीया पर्वको महत्व भविष्य पुराणमा वर्णन गरे अनुसार शालिवाहन राजाको पुत्र जिमूतवाहन थिए । उनीमाथि महादेवको असीम कृपा रहेकाले नियमनिष्ठाले व्रत गर्ने महिलालाई सन्तान दीर्घायू हुने वरदान भगवानबाट प्राप्त गरेका थिए । तिनै भगवानले पुत्रको रक्षा गरून भनी […]

महालक्ष्मी व्रत समाप्ति

सनातन धर्मावलम्बीले भाद्र शुक्ल अष्टमीदेखि १६ दिन अर्थात् आश्विन कृष्ण अष्टमीसम्म विधिपूर्वक यो व्रत गरिन्छ। धनधाञ्यकी देवी महालक्ष्मीलाई प्रसन्न गराउन १६ दिन विधिपूर्वक यो व्रत गरिन्छ। यो व्रत गर्नेले ब्रह्मचर्यमा रही भूमिमा सुतेर व्रत पूरा गर्नुपर्ने नियम छ । प्रत्येक दिन हविष्य भोजन अर्थात् एक छाक फलाहार र दिनमा एकपटकमात्र नुन खाएर महालक्ष्मी व्रत गरिन्छ […]

विश्व साक्षरता दिवस

अन्तर्राष्ट्रिय साक्षरता दिवस प्रत्येक वर्ष सेप्टेम्बर महिनाको ८ तारिखका दिन मनाइन्छ । नेपालमा तत्कालिन राजा विरेन्द्रले विक्रम सम्वत २०३९ साल फागुन १२ गतेको दिनमा प्राथमिक तहको शिक्षा निःशुल्क घोषणा गरेका दिन देखी हरेक वर्ष फागुन १२ गते शिक्षा दिवस मनाइदै आएको थियो भने गणतन्त्रको घोषणा भएसँगै अन्तर्राष्ट्रिय शाक्षरता दिवसकै दिनमा मनाउन थालिएको हो । ‘शिक्षाको उज्यालो घामबाट कुनै पनि बालबालिकाले वञ्चित हुन् नपरोस्’ भन्ने […]

निजामती सेवा दिवस

विक्रम सम्वत् २०१३ साल भदौ २२ गते तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यले निजामती सेवा ऐन ल्याएको दिन पारेर हरेक वर्ष निजामति दिवस मनाउन थालिएको हो । निजामती सेवा मुलुकी प्रशासन सञ्चालन गर्ने बलियो प्रतिनिधि हो । यसले जनतालाई सार्वजनिक सेवा प्रवाह, शान्ति सुरक्षा, विकास निर्माण, राज्य सञ्चालन र व्यवस्थापनमा अहोरात्र खटिएको आम जनताको आशा र भरोसाको […]