गुँलापर्व समाप्ति – गुँला पर्व समाप्ती

नेपाल सबंतको यो एक्घारौ महिना हो अनि यस गुंला महिनामा पर्ने गुंला पर्व नेवाः समुदायमा विशेष रुपमा अनि काठमाडौ उपत्यका लगायत अन्य केही नेवा समुदायको बाहुल्यता भएका ठाँउमा भव्यताका साथ मनाइयो। नेवाः समुदायका बौद्धमार्गी परिवारमा यस पर्वको उललास अझ बढि आत्मिक अनि चिन्तनगत रुपमा रहेको पाइन्छ, भगवान बुद्ध अनि वहाँका अनुयायीहरु दिव्य प्रवचन अनि ज्ञानको […]

विश्व फोटोग्राफी दिवस

हरेक व्यक्तिले जन्मसिद्द रुपमा क्यामरा लिएर आएको छ । जसको मद्दतले ऊ यस संसारमा रहेका हरेको चीजवस्तुको एकप्रकारको छवी आफ्नो दिमागमा बनाउने गर्दछ । हो, मानव आँखा हरेक व्यक्तिको लागि आँखीझ्याल हो, जहाँबाट ऊ संसार चिहाउने गर्दछ । यस मानेमा हरेक व्यक्ति आफैंमा एक फोटोग्राफर हो । विभिन्न वैज्ञानिक खोज, अनुसन्धान र अन्वेषणको विकासको  क्रममा मानिसहरुले कृतिम […]

राष्ट्रीय सूचना दिवस

२०६४ साल साउन ५ गते सूचनाको हकसम्बन्धी ऐन प्रमाणीकरण भई भदौ ३ गतेदेखि लागु भएको स्मरणमा दिवस मनाइने गरेको हो ।  राष्ट्रिय सूचना आयोगले हरेक वर्ष यो दिवस भदौ ३ गतेको दिन मनाउँदै आएको छ । आयोगले सबै सार्वजनिक निकायलाई जनताको सूचनाको हकलाई सम्मान गर्न आग्रह गर्दै आएको छ ।  सूचनाको हकसम्बन्धि ऐन २०६४ बमोजिम […]

बुबाको मुख हेर्ने दिवस

कुशे औंसी – बुबाको मुख हेर्ने दिवस पितालाई सम्मान दिने दिन हो। नेपालमा कुशे औंसी सनातन हिन्दू परम्परामा भाद्र महिनाको अमावस्या (औंसी)का दिन पिता दिवस मनाइन्छ। यस दिन बुवाको मुख हेर्ने, अर्थात् बुवा दिवसको रूपमा मनाई बुवालाई विशेष सम्मान गर्ने र आमाबाबु नहुनेले तीर्थमा खासगरी गोकर्ण र विष्णुपादुकामा श्राद्ध, तर्पण, दान, पुण्य गरी पितृ तार्ने र आफू पुण्यात्मा बन्ने विश्वास गरिन्छ । कुशको विशेष प्रकारको औँठी जसलाई पवित्र भनिन्छ त्यो धारण नगरी कुनै पनि धर्म-कार्य गरिँदैन । कुश […]

अजा एकादशी

भाद्रपद महिनाको कृष्ण पक्षमा पर्ने एकादशी तिथिलाई अजा एकादशी भनिन्छ । यस दिनलाई नेपाल अथवा भारत लगायत विभिन्न मुलुकहरूमा बसोवास गर्ने सनातन धर्मावलम्बीहरूले व्रत तथा पर्वको रुपमा मनाउने गर्दछन् । व्रत कथा कुन्ती पुत्र युधिष्ठिर भन्न लागे- हे भगवान! भाद्रपद कृष्ण एकादशीका नाम के हो ? व्रत गर्ने विधि तथा यसको माहात्म्य कृपा गरेर भन्नुहोस् । मधुसूदन भन्न लागे- यस एकादशीको नाम अजा एकादशी हो । यो सबै प्रकारका समस्त पापहरूको नाश गर्ने एकादशी […]