विश्व साक्षरता दिवस

अन्तर्राष्ट्रिय साक्षरता दिवस प्रत्येक वर्ष सेप्टेम्बर महिनाको ८ तारिखका दिन मनाइन्छ । नेपालमा तत्कालिन राजा विरेन्द्रले विक्रम सम्वत २०३९ साल फागुन १२ गतेको दिनमा प्राथमिक तहको शिक्षा निःशुल्क घोषणा गरेका दिन देखी हरेक वर्ष फागुन १२ गते शिक्षा दिवस मनाइदै आएको थियो भने गणतन्त्रको घोषणा भएसँगै अन्तर्राष्ट्रिय शाक्षरता दिवसकै दिनमा मनाउन थालिएको हो ।

‘शिक्षाको उज्यालो घामबाट कुनै पनि बालबालिकाले वञ्चित हुन् नपरोस्’ भन्ने आदर्श वाक्य नाराका साथ विसं २०३१ बाट राष्ट्रिय शिक्षा दिवस मनाउन थालिएको हो ।

संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन युनेस्कोले आठ सेप्टेम्बरलाई अन्तर्राष्ट्रिय साक्षरता मनाउँदै आएको छ ।

विसं २०६८ को जनगणनामा ६५ प्रतिशत साक्षरता दर रहेकामा हाल ९२ प्रतिशत पुगेको सरकारी तथ्याङ्क छ ।

विश्वभरिका विधालय, समुदाय र सस्थाहरुले साक्षरताकालागी जनजागरण फैलाउन यो दिवस विभिन्न तरिकाले स्वस्फूर्त रुपमा मनाउने गर्दछन् ।

लेखिने अक्षरहरु र अकंहरुको महत्व एकदमै धेरै र अतुलनिय छ, विकसित समाजको परिकल्पना यी अक्षर र अकंहरुसँग सबैजना मानवको परिचय नगराइकन सम्भव पक्कै पनि छैन । साक्षरताले मानवको परिचय र उस्को सस्कारलाई अझै बृद्धी गर्दछ । अक्षर र अकंको महत्व अनि शिक्षाको उज्यालो मानवकालागी एकदमै जरुरी छ, आज यदि हामीमा अक्षरको ज्ञान नभएको भए लेख्नेले लेख्न र पढ्नले पढ्न नसक्ने भए यो साक्षरता दिवसको पृष्ठभूमि न त लेखिने थियो न पढिने थियो, अक्षरले भावना र जानकारी दर्शाउदछ र अकंले तथ्य अनि समबन्ध दर्शाउदछ ।

एकफेर यसो परिकल्पना गरौं, यदि हामीले अक्षर कोट्याउन नजान्ने भएको भए, संसार कति अफ्ठेरो हुन्थ्यो भनेंर ?

यी अक्षर, कथा, कविता, पैसा, सूचना लगायत केही पनि बुझ्न सकिने थिएन् । आधुनिक बिश्वमा शिक्षा अनि साक्षरतालाई आधारभूत मानव अधिकारसँग जोडेर हेर्ने गरिएता पनि बिश्वभरि लगभग ७७ करोड बढि मान्छेहरु सामान्य लेखपढ गर्ने सिप नभएका भन्ने पनि प्रष्टसँग अध्यायनले देखाँउदछ । हाम्रा छेउछाउमा वसोवास गरिरहेका हरेक उमेर समुहका कोही न कोही असाक्षर हामीमध्य सबैले पाउँछौ । सामान्य अक्षर चिनेर लेखपढ गर्न र अकंहरु अनि सामान्य हिसाब बुझ्न पाउनु सबैको मौलिक अधिकार हो तथापि यी कुराहरु कागजका पानाहरुबाट बाहिर आएर वास्तविक जवनशैलीमा साकार भएर आउन जरुरी छ ।

साक्षरताको ग्लोवल मनिटरिग रिपोर्टका अनुसार संसारका प्रत्यक ५ मध्य एकजना पुरुष र दुई तिहाई महिलाहरु अझैपनि असाक्षर छन र धेरैको एकदमै न्यूनस्तरको साक्षरता सीपहरु छन् । धेरै जना वालवालिकाहरु अझैपनि विधालय जान पाउदैनन र पाउनेहरु पनि दैनिक विधालय जान पाउदैनन, पश्चिमी र दक्षिणी एसीया लगायतका देशहरु साक्षरता दरमा कमजोर देखिन्छन ।
नेपालमा प्रोढ शिक्षालगायतका कार्यक्रमहरुलाई पनि निरन्तरता दिन जरुरी छ किनभने चाहे बालक होस या बृद्ध, शिक्षा सबैलाई जरुरी छ ।

खरिपाटी अनि धुलोपाटीमा अक्षर कोरेर अक्षर उक्काउन जानेका देखि कालो पाटी अनि स्लेट सम्म प्रयोग गरेका पुस्ताहरु, भित्तामा झुण्ड्याएका चार्टमा क वाट कछुवा पढेका देखि कमप्यूटरमा अक्षर चिनेका पुस्तासम्म नेपाली समाजले देखेको छ तर फेरि पढ्न नजानेका अनि विधालय जानसम्म धौ धौ पुस्ताहरु लगायत अक्षरनै नचिन्ने अनि औठाछाप लगाउनपर्ने ब्यक्तिहरुपनि यहि समाजमा छौ ।

उनिहरुलाई हामीले आफ्नो तर्फवाट के गरि साक्षरसम्म वनाउन सक्दछौ चाहे अक्षरमालाका पुस्तकहरु पढाएर या निशुल्क दैनिक पढाइदिएर वा पढ्ने वातावरण श्रृजना गरेर स्कूलसम्म उनिहरुलाई पुर्याइदिएर नै हुनसक्छ, सबैलाई साक्षर वनाउनु सबैको दायित्व हो ।
साक्षरता प्रति सबैको दायित्व बोध होस

105