सिथिनख – कुमार षष्ठी

हरेक वर्ष नेवा: समुदायले तछ्लाथ्व (ज्येष्ठ शुक्ल) षष्ठीको दिन “सिथि नख:” भनेर मनाउने गर्दछन् । नेवा: संस्कृति र परम्परा अनुसार, गथांमुग:लाई पहिलो पर्व मानिन्छ भने सिथि नख:लाई वर्षको अन्तिम पर्व मानिन्छ । यसै तिथिका दिन महादेवको जेठो छोरा कुमारको जन्म भएको मानिन्छ । कुमार जन्म भएको दिन भएकोले यस दिनलाई “कुमार षष्ठी” पनि भन्ने गरिन्छ […]

ईद उल फित्र

इस्लामले मुस्लिम समुदायका लागि दुईवटा पर्व प्रचलनमा ल्याएको छ । तिनीहरू ईद उल फित्र – ईद र ईदुज्जुहा – बकरी ईद हुन् । यी दुईमध्ये पहिलो पर्व ईदुल फित्र अरबी पात्रोको नवौं महिना रमजानका २९ वा ३० दिन रोजा – राखेको खुसियालीमा मनाइन्छ भने दोस्रो पर्व त्यो अद्वितीय कुरबानी -बलिदानको सम्झना हो जो आजभन्दा चार हजार वर्ष […]

जैविक विविधता दिवस

सन् १९९२ मे २२ का दिन ब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न पृथ्वी शिखर सम्मेलनले जैविक विविधता महासन्धि अगाडि बढाउने प्रस्ताव गरेको दिनको सम्झनामा सन् १९९४ देखि मे २२ लाई जैविक विविधता दिवसका रुपमा संसारभर मनाइँदै आइएको छ । जीवित प्राणी एवं वनस्पतीमा फरकपन हुनु, भिन्नता हुनुलाई जैविक विविधता भनिन्छ। यो पृथ्वीमा भएका जीवित सम्पदाको भिन्नता […]

अपरा एकादशी व्रत

हिन्दु धर्ममा एकादशीको व्रतले महत्त्वपूर्ण स्थान राख्दछ । प्रत्येक वर्ष चौबीस एकादशिहरू हुन्छन् । अधिकमास अथवा मलमास परेको वर्ष यो संख्या बढेर २६ हुन जान्छ । ज्येष्ठ कृष्ण एकादशीलाई अपरा एकादशी अथवा अचला एकादशी भनिन्छ । यस दिनमा नेपाल तथा भारत लगायत विभिन्न मुलुकहरूमा बसोवास गर्ने हिन्दू धर्मावलम्बीहरूले व्रत गरेर पर्वको रुपमा मनाउने गर्दछन् । कथा महीध्वज नामका एक धर्मात्मा राजा थिए । राजाको कान्छो भाई वज्रध्वज दाजुसँग द्वेष राख्दथ्यो […]

विश्व उच्च रक्तचाप दिवस

हरेक वर्षको मे १७ तारिख विश्व उच्च रक्तचाप दिवस् मनाइन्छ । विश्वभर उच्च रक्तचाप बिरामीको सङ्ख्या दिनानुदिन बढिरहेको छ । उच्च रक्तचाप मुटुरोगका कारकभध्ये एउटा प्रमुख कारक हो जुन विश्वव्यापी रुपमा एक मुख्य स्वास्थ्य समस्याको रुपमा बढिरहेको छ । उच्च रक्तचाप मुटुरोगका कारकभध्ये एउटा प्रमुख कारक हो जुन विश्वव्यापी रुपमा एक मुख्य स्वास्थ्य समस्याको रुपमा […]