जैविक विविधता दिवस

सन् १९९२ मे २२ का दिन ब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न पृथ्वी शिखर सम्मेलनले जैविक विविधता महासन्धि अगाडि बढाउने प्रस्ताव गरेको दिनको सम्झनामा सन् १९९४ देखि मे २२ लाई जैविक विविधता दिवसका रुपमा संसारभर मनाइँदै आइएको छ ।

जीवित प्राणी एवं वनस्पतीमा फरकपन हुनु, भिन्नता हुनुलाई जैविक विविधता भनिन्छ। यो पृथ्वीमा भएका जीवित सम्पदाको भिन्नता हो भने करोडौ जिवात्मामा भएको फरकपन हो। मानिस, वनस्पती, पशुपन्छी, सूक्ष्म जीव आदीको भिन्न रुपहरू जैविक विविधता अन्तरगत पर्दछन्। जैविक विविधता महासन्धि १९९२ को धारा २ अनुसार पृथ्वीको जल, स्थल र आकाशमा आफ्नो जीवनयापन गर्ने सम्पूर्ण, जीव, जन्तु, वनस्पति र मानवबिचको सहअस्तित्व तथा अन्तरसम्बन्धमा रहेको विविधता नै जैविक विविधता हो। नेपालको वातावरण संरक्षण ऐन २०५३ अनुसार जैविक विविधता भन्नाले पारिस्थितिकीय प्रणाली को विविधता, प्रजातीय विविधता तथा वंशाणुु विविधता सम्झनु पर्दछ। जैविक विविधता स्थान अनुसार फरक हुन्छ। जैविक विविधतालाई निम्न ३ किसिममा बिभाजन गरिएको छ।

  1. प्रजातीय विविधता
  2. वंशाणुगत विविधता
  3. पारिस्थितिकीय प्रणालीको विविधता

नेपालको जैविक विविधता बारे केही रोचक तथ्य

  • उन्यू, च्याउ, लेउ वा झयाउलाई छोडेर फूलै फुल्ने वनस्पति प्रजातिको सङ्ख्या नेपालमा ५,८५६ छ। गुराँस प्रजातिको सङ्ख्या मात्रै ३० नाघ्छ भने सुनगाभा/सुनाखरी परिवारमा ३६३ भन्दा बढी प्रजाति छन्। प्रिमुलाका प्रजाति पनि ६० भन्दा बढी छन्।
  • सपूर्ण अमेरिकि भू-भाग(महादेश)मा भन्दा नेपालमा धेरै प्रजाति का चराहरू पाइन्छन्।
  • पुतलीका सबै भन्दा धेरै प्रजाति नेपालमा पाइन्छ।
  • ब्राजील पश्चात सबै भन्दा धेरै जैविक विविधता भएको देश नेपाल हो।
579