बाजुरा – सुदूरपश्चिमकै प्रसिद्ध बाजुराको बडिमालिका मेला आज लाग्दैछ । हरेक वर्ष साउन शुक्लपक्षबाट यो मेला सुरु हुन्छ । जनैपूर्णिमाको अघिल्लो दिन बडिमालिकामा मुख्य पूजा गर्ने गरिन्छ । यसअघिका वर्षहरुमा बडिमालिकाको दर्शन गर्न सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशबाट हजारौँ सहभागी हुने गरेका छन । बाजुराका चार शक्तिपीठ बडिमालिका, बूढीनन्दा, बडालेक र सुनन्दामा साउन पूर्णिमाको अघिल्लो दिन […]
Category Archives: Uncategorized
वज्र गुरु पद्मसम्भव जयन्ती
वज्र गुरु पद्मसम्भव जयन्ती बौद्ध धर्मावलम्बीहरूका लागि अत्यन्त महत्वपूर्ण धार्मिक दिवस हो। यो दिन महान बौद्ध गुरु पद्मसम्भव (गुरु रिन्पोछे) को जन्म स्मरणमा श्रद्धापूर्वक मनाइन्छ। उहाँलाई वज्रयान बौद्ध धर्मका महान आचार्य तथा तिब्बती बौद्ध धर्मका प्रवर्द्धकका रूपमा सम्मान गरिन्छ। परम्परा अनुसार गुरु पद्मसम्भवको जन्म जेठ शुक्ल दशमीका दिन भएको मानिन्छ, त्यसैले हरेक वर्ष यही तिथिमा वज्र गुरु पद्मसम्भव जयन्ती मनाउने […]
रामानुजाचार्य जयन्ती
भक्ति मार्गका महान् दार्शनिक तथा समाज सुधारक जगद्गुरु रामानुजाचार्यको जन्मजयन्ती सनातन धर्मावलम्बीहरूका लागि एक विशेष पर्व हो। विशिष्टाद्वैत वेदान्तका प्रवर्तक मानिने उनको जन्मजयन्ती प्रत्येक वर्ष वैशाख शुक्ल पञ्चमीका दिन मनाइन्छ। उनले समाजमा व्याप्त जातीय भेदभाव र कुरीतिलाई चिर्दै भक्ति मार्गमा सबैको समान अधिकार रहने क्रान्तिकारी विचार अघि सारेका थिए, जसले गर्दा उनलाई एक महान् मानवतावादी सन्तका […]
लुभू महालक्ष्मी महाभैरव जात्रा
काठमाडौं उपत्यकाको एउटा ऐतिहासिक बस्ती हो ललितपुरको लुभू। लुभूमा महालक्ष्मी महाभैरव जात्रा मनाइन्छ। आठ दिनसम्म मनाइने जात्रामा महालक्ष्मी, महाभैरव, आकाशभैरव, गणेश, कुमारी, कुमारलगायतलाई खटमा राखेर बाजागाजासहित नगर परिक्रमा गराउने चलन छ। यो जात्रा अक्षय तृतीयामा सुरु गरेर दशमीसम्म मनाइन्छ। किन हुन्छ जात्रा ? कुनैदिन लुभूका भैरव मनकामना मातालाई भेट्न ललितपुरको बुङमती जानुभएको थियो। राति त्यहाँ […]
राष्ट्रिय योग दिवस
मन्त्रिपरिषद्को विसं २०७२ साउन २८ गतेको बैठकले माघ १ गते राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय गर्दै यसको संयोजन गर्ने जिम्मेवारी शिक्षा मन्त्रालयलाई सुम्पेको थियो । तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्री नरहरि आचार्यको प्रस्तावमा मन्त्रिपरिषद्ले माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको हो । यसअघि विसं २०३६ देखि उत्तरायण शुरु हुने दिन पारेर नेपालमा […]