मोक्षदा एकादशी – गीता जयन्ती

मार्गर्शीष मासको शुक्लपक्षको एकादशीलाई मोक्षदा एकादशी भनिन्छ । यसलाई मानस रोग निवारण एकादशी, मोक्षदैनी एकादशी, मोहनशक एकादशी, शुद्ध एकादशी इत्यादीबाट पनि चिनिन्छ । यसदिन भगवान विष्णुको पुजा गरिन्छ । यसदिन व्रत बस्नाले मानिसको सबै पाप नष्ट हुन्छ र मानसिक रोग र कष्ट दुर हुने विश्वास पनि गरिन्छ । गीता जयंती मार्गशीर्ष मासको शुक्लपक्षको एकादशी गीता […]

उत्पत्तिका एकादशी

मंसिर महिनाको कृष्णपक्ष तिथिमा एकादशीको उत्पत्ति भएको हुनाले यसलाई उत्तिका एकादशी भनिएको हो । सबै एकादशी मध्ये उत्तिका एकादशी पहिलो भएको हुनाले यस एकादशीको व्रत लिने व्यक्तिहरूले आजकै दिनबाट एकादशी व्रत अनुष्ठानको प्रारम्भ गर्नुपर्दछ । उत्पत्तिका एकादशी ब्रत कथा पद्मपुराण अनुसार, धर्मराज युधिष्ठिरले एक पटक भगवान् श्रीकृष्णलाई एकादशी तिथिको उत्पत्तिका विषयमा जिज्ञासा राखे । यसैको […]

हरिबोधनी एकादशी – तुलसी विवाह

हरिबोधिनी एकादशीलाई वर्षभरमा पर्ने चौबिस वटा एकादशीहरु मध्ये सबैभन्दा ठूलो एवं महत्वपूर्ण एकादशीको रुपमा लिइन्छ । कात्तिक शुक्ल एकादशीका दिन भगवान विष्णुको प्रतीकका रूपमा तुलसीको विवाह र विशेष पूजा गरि मनाइन्छ । यसलाई हरिबोधिनी (प्रबोधिनी) एकादशी पनि भनिन्छ । हिन्दू धर्ममा एकादशीलाई भगवान् विष्णुको उपासना गर्ने पर्वको रूपमा लिइन्छ। आषाढ शुक्ल एकादशीको दिन क्षीर सागरमा […]

धनतेरस

पञ्चाङ्ग बमोजिम प्रत्येक वर्ष कार्तिक कृष्ण पक्षको त्रयोदशीका अथवा काग तिहारका दिन दिन धनवन्तरी त्रयोदशी अर्थात धनतेरस मनाउने चलन छ । धन त्रयोदशी र धनतेरस पनि यसै दिनलाई भन्ने गरिन्छ । यो दिन मूलतः आयुर्वेदका प्रवर्तक धन्वन्तरि र धनका देवता कुबेरको जन्मोत्सव मनाउने पर्व हो । धनतेरसका दिन नेपालको तराइ क्षेत्र र समस्त भारतमा नयाँनयाँ भाँडाकुडा र सुनचाँदीका गरगहना किनमेल गर्ने परम्परा छ । […]

गोवर्द्धन पूजा – गोरुतिहार

यमपञ्चक वा तिहारको चौथो दिन गोवर्द्धन पूजा (गोरुतिहार) गरिन्छ । नेपाली समाजमा मनाइने दोस्रो ठूलो पर्व तिहार अन्तर्गत कात्तिक शुक्लप्रतिपदाका दिन गोवर्द्धन पूजा गर्ने चलन छ । गोवर्द्धन पूजालाई लोकमा गोरुतिहार पनि भनिन्छ । नेपाली धरातलमा खेतीपाती गर्न सघाउने गाईका बाच्छा तथा गोरुलाई पूजा गरिने भएकाले यस पर्वलाई गोरुतिहार भनिएको हो । गोठमा गोबरको पर्वत […]