म्याग्दी र मुस्ताङमा बसोबास गर्ने अल्पसंख्यक थकाली समुदायमा तोरन ल्ह (फागुपूर्णीमा) पर्वको रौनक छाएको छ। नेपालका विभिन्न क्षेत्रमा ११ हजार जनाको संख्यामा बसोबास गर्ने थकाली समुदायले हरेक वर्ष फागुपूर्णीमाको अवसरमा परम्परागत तोरन ल्ह पर्व मनाउने गर्दछन्। फागुपूर्णीमाको अघिल्लो दिन सुरु हुने तोरनल्ह तीन दिनसम्म मनाउने चलन रहेको थकाली सेवा समिति बेनी क्षेत्रका अध्यक्ष सुन्दरमान शेरचनले […]
Category Archives: Tithi
देवपाटनमा त्रिशूलजात्रा
काठमाडौँको पशुपति क्षेत्रस्थित देवपाटनमा हरेक वर्ष आषाढ कृष्णपक्ष भलभल अष्टमीका दिन त्रिशूल जात्रा मनाइन्छ। यो जात्राको ऐतिहासिक पृष्ठभूमि तान्त्रिक परम्परा र लोककथासँग जोडिएको छ। किंवदंती अनुसार, प्राचीन कालमा नागार्जुन पहाडबाट आउने राक्षसहरूले देवपाटनका बालबालिकालाई मारेर खाने गर्दथे। यस समस्याबाट मुक्ति पाउन तान्त्रिक भूमि आचाजुले राक्षसका बालबालिकालाई तन्त्रशक्तिले मारी त्रिशूलमा रोपेर नगर परिक्रमा गराएका थिए। त्यसैको […]
भलभल अष्टमी
नेपालको ऐतिहासिक एवं सांस्कृतिक सहर भक्तपुरमा ‘भलभल अष्टमी’ लाई नवदुर्गा गणको देहावसान हुने अर्थात् अन्त्येष्टिको दिनका रूपमा विशेष महत्वका साथ मनाइन्छ। यस दिन आठ महिनासम्म नगरका विभिन्न टोल तथा उपत्यकाका अन्य स्थानमा नाच प्रदर्शन गर्ने नवदुर्गा देवगणको विसर्जन गरिन्छ। धार्मिक विश्वास अनुसार, भलभल अष्टमीको रातमा नवदुर्गाले प्रयोग गर्ने मुकुटहरूलाई तान्त्रिक विधिपूर्वक ब्रह्मायणी पीठको परिसरमा जलाएर […]
भूमि पूजा (भुमे पर्व)
मगर समुदायले भूमिको पूजा गर्दै मनाउने पर्व हो भूमि पूजा। वर्षातमा बाढी पहिरोजस्ता प्राकृतिक विपत्ति नहोस् भन्ने कामना गर्दै पूजा गर्ने चलन छ । खाद्यान्न बालीमा प्राकृतिक प्रकोप तथा दैवी विपत्ति नहोस् भनेर परम्परादेखि नै मगर समुदायले यो पूजा गर्दै आएका छन् । यसलाई भुमे पूजा पनि भन्ने चलन छ । मगर समुदायले असारमा रोपाई सुरु गर्नु अगावै […]
वायु अष्टमी
वायु अष्टमी मुख्यतया धनञ्जय गोत्रीय भण्डारीहरूद्वारा मनाइने एक विशेष परम्परागत तिथि हो, जसमा कुलदेवी/देवताको पूजा र विशेष खाना (खिर वा अन्य पकवान) पकाइन्छ। यो ज्येष्ठ शुक्ल अष्टमी (जेठ महिना) वा श्रावणको समयमा (गोत्र वा स्थानअनुसार) पर्न सक्छ र यस दिन पूजा गरी पितृ वा कुलदेवतालाई अर्पण गर्ने चलन छ।