भानु जयन्ती

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको भानु जयन्ती जन्मजयन्ती हो । भानुभक्त आचार्य (वि. सं. १८७१ असार २९ – वि सं. १९२५ असोज ६) नेपाली साहित्यका प्राथमिक(प्रथम) कालका प्रतिनिधि कवि हुन् । उनी वाल्मीकि रामायणका अनुवादकका रुपमा प्रख्यात छन् । मोतिराम भट्टले उनलाई पहिलो पटक नेपाली भाषाका आदिकवि उपाधि दिएका थिए । उनले प्रश्नोत्तर (वि.सं. १९१० ), भक्तमाला (वि.सं. १९१०), वधूशिक्षा(वि सं १९१९)  लगायतका कृतिहरू लेखेका […]