राष्ट्रिय विज्ञान दिवस

राष्ट्रिय विज्ञान दिवस प्रत्येक वर्ष असोज १ गतेका दिन नेपालभर मनाइने गरिन्छ । देशका सबै वर्ग, समुदाय तथा पेसागत क्षेत्रका व्यक्ति तथा संस्थाहरूलाई विज्ञान तथा प्रविधिको क्षेत्रमा योगदान पुर्याउने गरी परिचालन गर्ने तथा विज्ञान तथा प्रविधि विषयमा जनचेतना बढाउने, नीति निर्मातादेखि तल्लो तहका जनतासम्म यो प्रकृयामा सक्रिय भूमिका निभाउने अवस्था सिर्जना गर्नका लागि सचेतनामूलक र अभियानमुखी काम गर्ने उद्देश्यले प्रत्येक वर्षको […]

राष्ट्रिय धर्मसभा दिवस

वि.सं. २०६६ सालदेखि नेपालभर राष्ट्रिय धर्मसभा दिवस मनाउने चलन छ। आजभन्दा करिब १०० वर्षअघि, जब श्री ३ चन्द्रशमसेर नेपालका प्रधानमन्त्री थिए, नेपालको आधुनिक इतिहासमा पहिलो धर्मसभा वि.सं. १९६१ मा आयोजित भएको थियो। चन्द्रशमसेरले सम्पूर्ण विद्वान र पण्डितहरुलाई निम्तो दिएर एक हप्ता लामो धर्मसभा आयोजना गरेका थिए। यही धर्मसभापछि नेपालले आधिकारिक र औपचारीक सम्वत विक्रम सम्वत प्रयोग गर्न थालेको हो। नेपाल सनातन […]

राष्ट्रिय भू संरक्षण दिवस

बाढी, पहिरो, भू–क्षयजस्ता प्राकृतिक प्रकोप कम गर्दै पारिस्थितिक सन्तुलन कायम राख्न सहयोग पुर्याउन एवं भू–क्षय कम गरी जमिनको उर्वराशक्ति कायम राख्न तथा पूर्वाधार संरक्षण गर्ने उद्देश्यले २०३१ साउन २४ गतेदेखि दिवस मनाउन थालिएको हो । विभागको स्थापनासँगै जिल्लास्तरमा भू–संरक्षण कार्यालय स्थापना गरी सेवा प्रवाह सुरु गरिएको थियो । विसं २०३१ देखि ‘भू–संरक्षण दिवस’का रूपमा मनाउने […]

राष्ट्रिय कोदो दिवस

सरकारले कोदोजन्य बालीहरूको आयात रोक्न, उत्पादन तथा उत्पादकत्व बढाउने उद्देश्यले पहिलोपटक वि.सं २०८२ श्रवाण १६ गते राष्ट्रिय कोदो दिवस मनाउने गरेको छ । कोदोजन्य बालीले साना किसानको आयआर्जन बढाउन, खाद्य तथा पोषण सुरक्षाका लागि साउन १६ गते दिवस मनाउन लागिएको हो । देशको दिगो विकास लक्ष्य हासिल गर्न, जलवायु परिवर्तनवाट हुने असर कम गर्न र […]

चुरे संरक्षण दिवस

नेपाल सरकारले २०७१ साल असार २ गते राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिको गठन गरेको दिनको अवसर पारेर हरेक वर्ष असार २ गतेलाई चुरे दिवसको रूपमा मनाउने गरिन्छ । नेपालमा पूर्व इलामदेखि पश्चिम कञ्चनपुरसम्म ३७ वटा जिल्लामा कूल भूभागको १२.७८ प्रतिशत क्षेत्रमा चुरे पहाड फैलिएको छ । चुरे कान्छो पहाड, भौगर्भिकरूपमा कमजोर, धेरै पानी […]