विश्व एड्स दिवस

विश्व एड्स दिवस हरेक वर्ष डिसेम्बर महिनाको १ तारिखका दिनमा मनाइन्छ । यो दिवस मनाउने निर्णय सन् १९८८ मा संयुक्त राष्ट्र संघीय महासभाले गरेको हो । सन् २०१७ को अन्त्यसम्म संसारभर ३ करोड ६९ लाख व्यक्तिहरुमा एचआईभी संक्रमण भएको अनुमान गरिएको छ भने नेपालमा हालसम्म ३१ हजार २० जनामा रहेको अनुमान गरिएको छ । तीमध्ये पुरुष १९ हजार २० […]

राष्ट्रीय क्षयरोग दिवस

नेपाल क्षयरोग निवारण संस्था स्थापना भएको दिनको सम्झनामा हरेक बर्ष मंसिर १३ गते राष्ट्रिय क्षयरोग दिवस मनाउने गरिन्छ । क्षयरोग विरुद्ध जनचेतना जगाउने र उपचार सेवामा सहयोग पुर्याउने उद्देश्यले २०१० सालमा नेपाल क्षयरोग निवारण संस्था स्थापना गरिएको थियो । नेपालमा कुल जनसंख्याको ४५ प्रतिशतमा क्षयरोगको संक्रमण छ । विश्व स्वास्थ्य संगठनका अनुसार क्षयरोगबाट विश्वभर हरेक […]

महिला हिंसा अन्त्य दिवस

विश्वमा आजभन्दा झण्डै ६० वर्षपछिको ल्याटिन अमेरिकाको डोमेनिकन गणराज्यका मिरावल परिवारका तीन दिदीबहिनी (पेटि्रया, मिनर्मी र मारिया) को तत्कालीन निरंकुश तानाशाही सरकारले निर्मम हत्या गरेको थियो। त्यसको विरोधमा त्यहाँका जनताले नोभेम्बर २५ को दिनलाई लिङ्गका आधारमा महिला विरुद्ध गरिएको राजनीतिक हिंसाको विरोध गर्न दिवसका रूपमा मनाउन थालेका हुन्। पछि त्यसलाई सन १९९९ डिसेम्बर १७ मा […]

विश्व टेलिभिजन दिवस

१७ डिसेम्बर १९९६ मा बसेको संयुक्त राष्ट्रसंघको महासभा बैठकले हरेक बर्ष २१ नोभेम्बरका दिन विश्वभर टेलिभिजन दिवस मनाउने निर्णय गरे अनुसार आजको दिनमा यो दिवस मनाउने गरिएको हो । सन् १९३० को दशकमा प्रसारण शुरु भएको टेलिभिजन प्रविधिलाई अहिले सबैभन्दा सशक्त सञ्चारको माध्यमका रुपमा लिइन्छ । टेलिभिजनको इतिहासमा सन् १९३६ नोभेम्बर २ देखि बीबीसीले नियमित […]

विश्व बाल अधिकार दिवस

अन्तर्राष्ट्रिय बाल अधिकार दिवस हरेक वर्ष नोभेम्बर महिनाको २० तारिखका दिन विश्वभर मनाइन्छ । पृष्ठभूमि सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्र संघले बाल अधिकारसम्बन्धी महासन्धि पारित गरेको हुनाले यस दिन अन्तर्राष्ट्रिय बाल अधिकार दिवस मनाइएको हो । बालबालिकाको चासोका विषयलाई संघको ‘चार्टर’ मा अटाएर विश्वभरका केटाकेटीका सोच र उद्देश्यलाई समर्पित गरी यो दिवस मनाउन थालिएको हो ।