छठ पर्व

छठ पर्व नेपाल र भारतका उक्तरीय क्षेत्रमा हिन्दूहरूले मनाउने एक महत्वपूर्ण पर्व हो। यो पर्वमा षष्ठी भगवतीको पूजा अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ। नेपालको विशेष रुपले तराई(मधेश) क्षेत्रमा श्रद्धा एवं भक्तिपूर्वक यो पर्व मनाइन्छ । यस पर्वको अवसरमा पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र […]

विश्व शौचालय दिवस

हरेक बर्ष नोभेम्बर १९ तारिखमा विश्व शौचालय दिवस मनाउदछ। विश्वव्यापी दीगो विकासको लक्ष्य अन्तर्गत सन् २०३० सम्म हरेक व्यक्तिको शौचालयमा पहुँच पुग्ने लक्ष्य तय गरिएको छ। विश्वमा अझै पनि दुई अर्ब ४० करोड मानिस शौचालयको पहुँच बाहिर रहेको विश्व स्वास्थ्य संगठनको तथ्यांकले देखाएको छ।  हरेक १० मध्ये एक जनाले खुला ठाउँमा दिसापिसाब गर्ने गरेका छन्। […]

अन्तराष्ट्रिय विद्यार्थी दिवस

नोभेम्वर महिनाको १७ तारिखका दिन हरेक वर्ष संसारभरि गैह्र राजनैतिकरुपमा वहु–सांस्कृतिक रुपमा विश्व विद्यार्थी दिवस मनाउने गरिएको छ । आजको यो दिन नाजी सैनिकहरुले सन् १९३९ मा चेक रिपब्लिकका विभिन्न विश्वविद्यालयका विद्यार्थीहरुमाथी आक्रमण गरि हत्या र गिरफ्तार गरेका थिए । त्यस्तै सन् १९८९ मा भएको परिवर्तनमा समेत विद्यार्थीको शहादतको सन्दर्भलाई भावनात्मक रूपमा सम्मान गर्न सम्झिने […]

भाइटीका – किजापुजा

तिहारको अन्तिम दिन अर्थात् कार्तिक शुक्ल द्वितीय तिथिका दिन यो पर्व विशेष उत्साहका साथ मनाइन्छ। यो पर्व दिदीले भाइलाई र बहिनीले दाजुलाई अनि त्यसैगरी भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष मानसम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने, मेवा-मिष्ठान आदि मनपर्ने कुरा ख्वाउने, दिदी बहिनीहरूलाई दान-दक्षिणा एवं वस्त्र आदि दिने परम्परा छ। परापूर्वकालमा बहिनी यमुनाले यसै दिन आफ्नो […]

म्हपूजा

नेपाल संवतको नयाँ वर्षको अवसर पारेर नेवार समुदाय मौलिक पर्व म्हपूजा( शरीरको पूजा) गर्दछन्। आत्मशुद्धिका साथै सारा संसारलाई चिन्न र अन्धकार नाश गरी ज्ञानको ज्योति फैलियोस् भन्ने कामनासहित नेवार समुदाय म्हपूजा मनाउने गर्छन्। म्हपूजाका लागि बिहानैदेखि घरसफा गरिन्छ। विभिन्न पक्वान्न तयार गरी म्हपूजाको तयारी गरिन्छ। साँझमा गरिने म्हपूजाका लागि सुरुमा मण्डप बनाउने स्थानमा रातो माटोले लिपेर शुद्ध बनाइन्छ। पानीको […]