नेपाल संवत्

नेपाल संवत्लाई नेपाल सम्वत् वा नेसं पनि लेखिन्छ ।नेपाल संवत् नेपालमा प्रचलित एक लुनार क्यालेण्डर अर्थात् चन्द्रमासमा आधारित नेपालको मौलिक राष्ट्रिय संवत् हो। नेपाल संवतका प्रवर्तक शंखधर् साख्वा हुन् । उनले नेपालमण्डलका विपन्न जनताको ऋण तिरेर ऋणमुक्त बनाएको दिनको सम्झनामा यो स‌ंवत थालिएको हो । भक्तपुरका राजा राघवदेवको आज्ञामा वि.सं. ९३६ मा राष्ट्रिय सम्वतको रूपमा नेपालका कार्यालहरुमा चलाइएको थियो । नेपालमा औपचारिक रूपले यो संवत चन्द्र शमशेरको […]

विश्व मधुमेह दिवस

सन् १९९१ देखि मनाउन थालिएको विश्व मधुमेह दिवस दिवसका अवसरमा मधुमेह रोग सम्बन्धी जनचेतना जगाउने कार्यक्रम गरिन्छ । मधुमेह उपचारका लागि प्रयोग गरिने इन्सुलिन बनाउन महत्वपूर्ण भूमिका खेलेका वैज्ञानिक फ्रेड्रिक व्यान्टिङको जन्मदिनको सम्झनामा हरेक वर्ष १४ नोभेम्बरमा दिवस मनाउन थालिएको हो । विश्वमा हाल २८ करोड ५० लाख मानिस मधुमेहबाट पीडित छन् । कम शारिरीक […]

लक्ष्मी पूजा

लक्ष्मी पूजा नेपालका प्रमुख पर्वहरूमध्ये एक हो ।तिथि अनुसार कार्तिक कृष्ण अमावस्याका दिन यो पर्व मनाइन्छ । नेपालमा यो पर्व लक्ष्मी देवीको पूजा गरी घरभरि दियो बाली मनाइन्छ । नेपालमा यसलाई यमपञ्चकको एक भागको रूपमा मनाइन्छ। वर्षका चार महत्वपूर्ण रातहरू मध्ये लक्ष्मी पूजाको रातलाई सुखरात्रि भनिन्छ। यस दिन स्त्री जाति विशेष गरी कुमारी केटीहरूले घरघरै गई भैलो खेल्ने चलन छ। लक्ष्मी धनकी देवीलाई भनिन्छ । लक्ष्मी […]

काग तिहार – कागपूजा

काग तिहार वा कागपूजा कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुल्क द्वितीयासम्म पाँच दिन मनाइने तिहार पर्वको पहिलो दिन हो । यस दिन कागको पूजा गर्ने गरिन्छ । काग अत्यन्त चलाख र सर्वभक्षी प्राणी मानिन्छ । कागले सबैलाई समान दृष्टिले हेर्छ भने यसले अन्नबालीमा लाग्ने कीरा-फट्याङग्राहरू खाइदिन्छ । कागलाई यमराजको सन्देश सुनाउने यमदूतका रूपमा पनि लिइन्छ । काग यमराजको अत्यन्त प्रीय भक्त पनि मानिन्छ । […]

रमा एकादशी

हिन्दू धर्ममा एकादशीको व्रतले महत्वपूर्ण स्थान राख्दछ । प्रत्येक वर्ष चौबीस एकादशीहरू हुन्छन् भने अधिकमास अथवा मलमास परेको वर्ष यो संख्या बढेर २६ हुन जान्छ कार्तिक महिनाको कृष्ण पक्षमा पर्ने एकादशीको नाम रमा एकादशी हो । यस तिथिमा नेपाल र भारत लगायत विभिन्न मुलुकहरूमा बसोवास गर्ने हिन्दू धर्मावलम्बीहरूले व्रत धारण गर्नुका साथै यसलाई एक पर्वको रुपमा मनाउने गर्दछन् । कथा धर्मराज युधिष्ठिर भन्दछन् – हे भगवान! कार्तिक कृष्ण एकादशीको नाम के […]