नेपाल ज्योतिष परिषद् स्थापना दिवस

२०५५/०९/२४ गते लोकराज पौडेलको अध्यक्षतामा गठित परिषदको सातै प्रदेश र सतहत्तरै जिल्ला र उपत्यकामा समेत विधिवत् गठित समितिहरु क्रियाशील रहेका छन्। हरेक बर्ष पौष २४ गतेलाई नेपाल ज्योतिष परिषध स्थापना दिवसका रुपमा मनाउने चलन छ  ज्योतिष भनेको सौर्यमण्डलमा रहेका ताराहरू र ग्रहहरूको आपसी सम्बन्धबाट प्राप्तहुने किरण अथवा तरंगलाई सुक्ष्म गणितीय सूत्रबाट अध्ययन गरेर त्यसको यस पृथ्वीमा […]

श्री गुरु गोविन्द सिंह जयन्ती

गुरु गोबिन्द सिंह को ५ जनवरीको दिन जन्म जयन्ति हो। गुरु गोबिन्द सिंहको मान्यता थियो कि “मनुष्यले न कसैसँग डराउन हुन्छ न कसैलाई डराउनु हुन्छ”। एक महान योद्धा, कवि, भक्त र आध्यात्मिक नेता गुरु गोबिन्द सिंह, ११ नोभेम्बर १६७५ मा आफ्नो बुबा गुरु तेघबहादुरको मृत्यु पछि सिखहरूको दसौं गुरु हुनुभयो। आफ्नो जीवनभर सबैलाई प्रेम, एकता […]

राष्ट्रि्य टोपी दिवस

ज्यानुअरी १ मा विश्वभरि विभिन्न कार्यक्रम गरी अङ्ग्रेजी नयाँ वर्ष मनाइन्छ। नेपालमा भने केही वर्षयता खासगरी युवाहरूको सक्रियतामा यो दिनलाई ‘टोपी दिवस’ का रूपमा मनाउने गरिएको छ। ढाका टोपी ढाका टोपी वा धाका टोपी ढाकाको कपडाबाट बनेको एक शिरपोश हो। ढाका टोपी नेपालीहरूको मौलिक पोसाक पनि हो। नेपालमा पाल्पाली र पूर्वेली ढाका टोपी निकै चर्चित छन् । यो […]

राष्ट्रिय मेलमिलाप दिवस

आठबर्षको भारत प्रवासपछि २०३३ साल पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेता वीपी कोइरालासहित गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्कालगायतका नेता राष्ट्रिय एकता र मेलमिलापको सन्देशसहित नेपाल फर्किएका थिए । २०१७ सालमा तत्कालीन राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको सरकार बर्खास्त गर्दै निर्दलीय पञ्चायती ब्यवस्था शुरु गरेपछि कोइराला सहितका नेतालाई ७ बर्ष जेल पठाइएको थियो […]

योमरी पुन्ही – यःमरि पुन्हि

यःमरि पुन्हि हेमन्त ऋतु बखत नेपाल सम्बतको दोस्रो महिना थिंलाको पूर्णिमा पहिलो पूर्णिमा अर्थात धान्य पूर्णिमाको दिनमा नेवार जातिले मनाउने पर्व हो । यो पर्व विशेषत नेवार समुदायले मनाउने गर्दछन । यो दिन विशेष प्रकारको परिकार (योमरी ) बनाएर खाने गर्दछन । योमरी खाइने भएकोले यसलाई योमरी पुन्ही (योमरी पूर्णिमा) पनि भन्ने गरिन्छ । यहि दिन उपत्यकाका नेवार भित्रकै ज्यापु […]